१५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

इलाम । इलाममा १५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । उक्त ट्रकका चालक भने ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट ना.४ ख ८९९६ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बेलुका ट्रक जाँच गर्ने क्रममा गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मेची राजमार्गको राजदुवाली सडकको खराब अवस्थाका कारण ठूला सवारीसाधनलाई केचना–कञ्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गराउने क्रममा उक्त ट्रक राजदुवालीतर्फ अघि बढेको र प्रहरीले ट्रक रोक्न खोजेर सम्झाउने क्रममा चालकले सवारीसाधन स्टार्ट अवस्थामै छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

त्यसपछि शंका लागेर ट्रकको खानतलासी गर्दा भित्री भागमा फल्स बटम बनाई त्रिपालले छोपेर ४१ वटा बोरामा गाँजा लुकाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ट्रक जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर तौल गर्दा १ हजार ५०४ किलो ६१० ग्राम गाँजा रहेको उनको भनाई छ । प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा राखी फरार चालकको खोजी गरिरहेको तथा घटना’bout थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा