महेन्द्र दाइ चलचित्रकर्मीलाई माया गर्ने निर्माता हुनुहुन्थ्यो

नारायण पुरी

चलचित्र निर्माता, राजनीतिज्ञ सञ्चार उद्यमी तथा वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित हुनुभएका महेन्द्र शेरचन दाजुको निधनको खबरले म गत साता स्तब्ध भएँ । उहाँसँग मेरो छुट्टै सामीप्य थियो । मैले निर्देशन गरेको चलचित्र ‘शंकर’को प्रस्तुतकर्ता (निर्माता) हुनुहुन्थ्यो । उहाँसँग मेरो परिचय २०५२ सालतिर भएको हो । सुरुमा मैले उहाँलाई वैदेशिक रोजगार व्यवसायीको रूपमा चिनेको थिएँ । म त्यतिबेला इमेज च्यानलको कार्यक्रम निर्देशकको रूपमा थिएँ । त्यसको एक वर्षपछि इमेज च्यानलमा आबद्ध रहनुभएका भीम शेचरन, अरूण मल्ल र एसपी अधिकारीले चलचित्र बनाउने योजना सुनाउनुभयो ।

त्यसपछि स्क्रिप्ट तयार भयो । चलचित्रको नाम ‘शंकर’ जुराइयो । महेन्द्र दाइ यो चलचित्रमा प्रस्तुतकर्ताका रूपमा आउनुभयो । त्यसपछि उहाँले चलचित्र राम्रो बनाउनुपर्छ भनेपछि हामीले राम्रा कलाकारलाई अनुबन्धित ग¥यौं । त्यो बेला उहाँसँगको सल्लाहअनुसार नै चलचित्रमा नायकको रूपमा राजेश हमाललाई, नायिकाको रूपमा विपना थापा र जल शाहलाई अनुबन्धित गरियो । यी कलाकार नै नेपाली चलचित्र उद्योगमा स्टार कलाकार हुनुहुन्थ्यो । हास्य कलाकारको रूपमा त्यतिबेला स्टार हास्य अभिनेता नारायण त्रिपाठी (प्रेम चरो)लाई हामीले राम्रो पारिश्रमिकमा अनुबन्धित ग-यो ।

चलचित्रकर्मीलाई साह्रै माया गर्ने, हरेक भेटमा नेपाली चलचित्र उद्योगको ’boutमा चसो राखेर सोध्नुहुने महेन्द्र दाइको दोस्रो फिल्म निर्माण गर्ने सपना पूरा हुन सकेन ।

मद्यपानको लतका कारण गोपालराज मैनाली (चंखे)लाई फिल्ममा लिन छाडिएको थियो । महेन्द्र दाइले नै प्रेम चरोको जोडीको रूपमा चंखेलाई लिनुपर्छ भन्नुभयो अनि रक्सी पिउन नपाउने सर्तमा हामीले राम्रो पारिश्रमिकसहित अनुबन्तिध ग¥यौं । हामीले चलचित्र शंकरको छायांकन सुरु ग-यौं । छायांकनको अवधिभर गोपाल दाइले मद्यपान गर्नुभएन । छायांकनको क्रममा उहाँ चार पटकसम्म छायांकनमा आउनुभयो । त्यतिबेला उहाँ वैदेशिक रोजगार व्यवसायमा अत्यन्त व्यस्त हुनुहुन्थ्यो । तैपनि उहाँ समय निकालेर छायांकन स्थलमा आएर निकै समयसम्म बस्नुहुन्थ्यो । चलचित्र कसरी छायांकन हुन्छ, कसरी बनाइन्छ भनेर उहाँ चासो राख्नुहुन्थ्यो ।

चलचित्र निर्माण सम्पन्न भयो । उहाँले यो चलचित्रको भव्य प्रिमियर सो राख्नुपर्छ भन्नुभयो । उहाँकै सल्लाहअनुसार फिल्मको प्रिमियर सो गरियो । सिनेमाले प्रिमियर सोमै राम्रो प्रशंसा पायो । उहाँले राम्रो फिल्म बनाउनुभयो भनेर मलाई बधाई ज्ञापन गर्नुभयो । चलचित्र शंकर राम्रोसँग चल्यो । फिल्म हिट भयो । यो फिल्म हिट भएको खुसीमा उहाँले त्रिपुरेश्वरको राइस बल रेस्टुरेन्टमा रात्रि भोज राख्नुभयो । कलाकारहरू भोजमा आउन सक्नुभएन । म सहभागी भएँ । फिल्म हिट भएको खुसीमा उहाँले अर्को फिल्म बनाउने योजना सुनाउनुभयो । तर, त्यतिबेला म अरू फिल्ममा जोडिएका कारण केही वर्षपछि फिल्म बनाऔं भनेर प्रस्ताव राखें । उहाँले हुन्छ भन्नुभयो ।

महेन्द्र दाइले त्यो भेटमा मसँग पहिलोपटक राजनीतिमा लाग्ने चाहना व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रबाट हामीले पूर्ण सपोर्ट गर्ने बचन मैले दिएँ । त्यसपछि उहाँ मुस्ताङबाट राजनीतिमा सक्रिया हुनुभयो । उहाँसँग मेरो राजनीति’bout पनि सल्लाह भइरहन्थ्यो । त्यसको केही समयपछि आफूलाई फिल्म ‘शकर’ हिट भएर पनि बाँकी निर्माता साथीहरूले लगानी फिर्ता नगरेको गुनासो गर्नुभयो । अरू निर्माता भीम शेरचन, अरुण मल्ल, एसपी अधिकारी र महेन्द्र दाइ साथी भएका कारण मैले लगानीको सेयर बाँडफाँडको विषयमा बोल्न सकिनँ । पछि उहाँहरूबीच फिल्मको लगानीको लेनदेन के भयो । त्यो मलाई जानकारी भएन ।

उहाँ राजनीतिसँगै मिडियामा पनि सक्रिय हुनुभयो । उहाँले राजधानी दैनिक खोल्नुभयो । फिल्म ‘शंकर’ हिट भएका कारण उहाँ अर्को फिल्म बनाउन चाहनुहुन्थ्यो । उहाँले छोरा आशिषलाई निर्माता र कलाकारको रूपमा उतार्न चाहनुभयो । तर, अध्ययन र अन्य कारणले गर्दा आशिषले फिल्ममा चासो देखाउनुभएन । मेहन्द्र दाइलाई वैदेशिक रोजगार, राजनीति र मिडियाले यति धेरै व्यस्त बनायो कि उहाँले फिल्म निर्माण गर्ने इच्छा हुँदाहुँदै पनि समय दिन सक्नुभएन । उहाँले समय दिन नसक्ने भएपछि मैले पनि फिल्ममा लगानी नगर्न सुझाव दिएँ । राजनीतिमा सक्रिय हुनेक्रममा उहाँ एमालेबाट सांसद पनि हुनुभयो । त्यतिबेला म हिमालय टेलिभिजनमा कार्यरत थिएँ । उहाँ राजधानी टेलिभिजन खोल्ने योजनामा हुनुहुन्थ्यो । उहाँसँग टिभीका लागि केही पार्टनरले इच्छा पनि देखाएका थिए ।

मेहन्द्र दाइ र तीनपटकसम्म टिभी सञ्चालनको लागि बैठक बस्यौं । त्यतिबेला नेपालमा टेलिभिजनका बजार खस्कँदो अवस्थामा भएकाले मैले नै उहाँलाई टेलिभिजनमा लगानी नगर्न सल्लाह दिएँ । उहाँले मेरो सल्लाहलाई उचित मान्नुभयो । राजधानी दैनिकलाई नै अझ सशक्त रूपमा लैजाने निष्कर्षमा उहाँ पुग्नुभयो । पछिल्लो समय म अमेरिका आएपछि उहाँसँग भेटभाट टुट्यो । गत साता उहाँको असामयिक निधनको खबरले म स्तब्ध भएँ । चलचित्रकर्मीलाई साह्रै माया गर्ने, हरेक भेटमा नेपाली चलचित्र उद्योगको ’boutमा चसो राखेर सोध्नुहुने महेन्द्र दाइको दोस्रो फिल्म निर्माण गर्ने सपना पूरा हुन सकेन ।

नेपाली चलचित्र उद्योगबाट मैले एक जना कुशल निर्माताको रूपमा महेन्द्र दाइलाई गुमाएकोमा साह्रै दुःखी छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । साथै, भाउजू, सचिन बाबु, आशिष बाबुलगायत सम्पूर्ण शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
(डब्बु क्षत्रीसँगको वार्तामा आधारित ।)

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

epaper

ताजा समाचार

‘ब्ल्याक लिस्ट’बाट हट्ला नेपाल ?