दाइ परलोक हुनुभन्दा त्यस्तै दुई साता मात्र अघि फोनमा कुरा भएको थियो करिब ४२ मिनेट जति । महेन्द्र दाइको फोन आएपछि हाम्रो कम्तीमा पनि आधा घन्टा कुराकानी हुन्थ्यो । प्रायः राजधानी दैनिक, नेपालको राजनीति र बागलुङ जिल्लाका ’boutमा नै धेरै कुरा हुन्थ्यो । कुनै काम विशेषले मैले फोन गरें भने पनि उहाँले पख म यताबाट गर्छु भनेर काट्नुहुन्थ्यो । त्यसपछि उहाँले लामो कुरा गर्न खोजेको भन्ने मैले बुझ्थें र म हतारमा छु भने अहिले होइन दाइ, यति समयपछि गर्नु भन्थें ।
त्यसदिन उहाँले, ‘म पर्सि इन्डिया जाँदै छु, बढीमा साता दिनपछि आउँछु, त्यसपछि बसेर केही काम गर्नुछ,’ भन्नुभयो । ‘यस्तो बेलामा किन जाने र दाइ इन्डिया ?’ मैले सोधें । ‘म पनि एकपटक स्वास्थ्य परीक्षण गराउँछु अनि भाउजूको पनि फलोअप गराउनुछ, एक साता जतिमा फर्किहाल्छांंै,’ उहाँले भन्नुभयो । दाइले एक साताको काम दिनुभयो र ‘यस विषयमा यसो गृहकार्य गरिराख्नू म आएपछि निर्णय गर्नुपर्छ,’ भन्नुभयो । दाइ भन्दै हुनुहुन्थ्यो, ‘पर्सिको फ्लाइट छ, त्यसैले आज पीसीआर टेस्ट गराउँदै छु, जहाज चढ्न आजभोलिकै रिपोर्ट चाहिने रहेछ ।’
भोलिपल्ट साँझ मैले फोन गरें र ‘दाइ भोलि कतिबेला फ्लाइट हो ?’ भनेर सुरुमै सोधें । दाइले भन्नुभयो, ‘कहाँ फ्लाइट हुनु, रिपोर्ट नै पोजेटिभ आयो, अब बस्नुपर्ने भो ।’ उहाँले, ‘यो पीसीआर मेसिन पो ठीक होइन कि ’cause हामीलाई केही भएकै छैन तर रिपोर्ट त यस्तो पो आयो’ भनेर जिस्किनु पनि भयो । दाइभाउजूलाई नै पीसीआर पोजेटिभ आएको रहेछ । केही दिनपछि सामान्य समस्या देखिएलाजस्तो छ, एपीएफमा आराम गर्छु भन्नुभएको थियो ।
राजधानी दैनिकको प्रकाशन सुरु गर्ने तयारीदेखि नै म दाइको सम्पर्कमा थिएँ । राजधानी दैनिकको पहिलो या दोस्रो अंकमा नै मेरो लेख छापिएको छ र दाइले आजका मितिसम्म नै घरमा पत्रिका पठाइदिइरहनुभएको छ । मैले यो पत्रिका पत्रिकासम्बन्धी कतिपय कुरामा दाइले मसँग परामर्श गर्नुहुन्थ्यो । दाइ नेपाली कांग्रेसका तर्फबाट पश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा उठेका बेला अझ निकट भएर मैले काम गरेको थिएँ । हामीजस्तो व्यवसायी राजनीतिमा आउनुहुन्छ कि हँुदैन भन्ने’bout उहाँले त्यसबेला निकै विचार विमर्श गर्नुभयो ।
धेरै जनासँग सल्लाह, परामर्श पनि गर्नुभयो । ’cause त्यस समय अहिलेजस्तो व्यवसायी, व्यापारीहरू सांसद, मन्त्री बन्ने लहर त्यति आइसकेको थिएन । तर, वैदेशिक रोजगार व्यवसायीका रूपमा पनि आफू राजनीतिमा आउँदा यस क्षेत्रका धेरै कुरा सरकार र राजनीतिक दलसम्म पु¥याउन सजिलो हुने निष्कर्ष उहाँले निकाल्नुभयो र प्रवेश गर्नुभयो । त्यस समयमा आफूले सहयोग गरेका कांग्रेसका नेताले पनि आफूलाई असहयोग गरेका तीता अनुभव उहाँले मलाई पटकपटक सुनाउनुहुन्थ्यो । त्यसमध्येका कतिपय घातलाई मैले पनि नजिकबाट जानेको थिएँ । यसो बसाइका बेला राजनीति कस्तो हुँदोरहेछ भनेर उहाँले प्रसंग निकाल्नुहुन्थ्यो ।
राजधानी दैनिकलाई उहाँले आफ्नो एउटा प्रतिष्ठाको प्रोजेक्टका रूपमा लिनुहुन्थ्यो । अरू व्यवसायबाटै रकम निकालेर भए पनि यो संस्था बचाइराख्ने ध्येय थियो, उहाँको । कहिले त म अरू नै व्यवसाय गरेर बसेको मान्छे कहाँबाट यो मिडियामा आएर फसें भनेर निराशा पनि व्यक्त गर्नुहुन्थ्यो । हामी कुराकानी गर्दै जाँदा पछि उहाँले आफैं भन्नुहुन्थ्यो, ‘तर मजस्ता व्यवसाय गर्ने मानिस यो देशमा धेरै छन्, मलाई देशमा महेन्द्र शेरचन भनेर चिनाउने माध्यम त राजधानी दैनिक नै हो नि ।’ मिडियाको ‘रिकग्निसन’ आफूले बुझ्दै गएको उहाँ बताउनुहुन्थ्यो । उहाँको पत्रिकाप्रतिको लगाव सायद अरू व्यवसायमा भन्दा धेरै नै थियो । हुन त मैले उहाँको अरू व्यवसायको जानकारी त्यति राखिनँ तर पत्रकारिता क्षेत्रकै भएकाले पत्रिकाको ’boutमा भने उहाँले समय समयमा परामर्श गर्नुहुन्थ्यो ।
कोरोना महामारी सुरु भएपछि कतिपय पत्रिकाले आफ्नो प्रकाशन नै बन्द पनि गरे । ठूला राष्ट्रिय दैनिकले नै यसो गरेपछि यस विषयमा मैले पनि दाइलाई सोधेको थिएँ । तर उहाँले होइन, पत्रिका बन्द गर्ने काम गर्नुहँुदैन भन्नुभयो । पत्रिकै बन्द भएपछि त सबैथोक बन्द भइगो नि भन्नुभयो । यस्तो बेलामा मानिस घरघरमै थुनिएका छन् । दुनियाँ विश्वमा के भइरहेको छ, महामारीले विश्वको कुन ठाउँमा कस्तो स्वरूप लिएको छ भन्ने’bout जानकारी दिने मिडिया नै हुन् अनि यो नै बन्द गरेपछि न नागरिकले सूचना पाउँछ र न त देशका उद्योगधन्दा कलकारखानामा उत्साह नै हुन्छ भन्ने उहाँको भनाइ थियो । यस्तो समयमा पत्रिका प्रकाशनका लागि के कस्ता व्यवधान थिए होलान् भन्ने भार त उहाँले नै थेग्नुभएको थियो । तर पनि उहाँको यो निर्णय मलाई भने निकै परिपक्व लागेको हो ।
त्यस्तै, केही वर्षअघि पत्रिकाका मालिकले मूल्य बढाउने निर्णय गरे । केही दैनिकको मूल्य बढ्यो । त्यसबेला पनि महेन्द्र दाइले यस विषयमा भनेको एउटा कुराको मलाई अहिले पनि सम्झना आउँछ । उहाँले भन्नुभएको थियो, ‘अरू पत्रिकाको त मलाई थाहा भएन तर राजधानी दैनिकका पाठक दिनमा एउटै पत्रिकालाई १० रुपैयाँ तिर्न सक्ने अझै भएका छैनन् ।’ दिनमा दुईवटा पत्रिका मात्र पढ्दा पनि प्रत्येक महिना एक जना मानिसले ७ हजारभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेकाले अहिले नै नेपाली पाठकबाट त्यो अपेक्षा गर्न नसकिने तर्क उहाँले राख्नुभएको थियो । यो पनि एउटा राम्रो मिडिया रिसर्च हो भन्ने मलाई लाग्यो । उहाँ पत्रिका बेचेर आयआर्जन गर्न सकिँदैन भन्ने कुरामा राम्रैसँग कन्भिन्स हुनुहुन्थ्यो ।
दाइसँग कतिपय जिल्ला पुगेको छु । केही वर्षअघि दाइ र म जापान जाने कार्यक्रम बन्यो । दाइको व्यावसायिक भ्रमण थियो त्यो । तर, मेरो घरायसी कारणले जान नमिल्ने भएपछि उहाँ एक्लै जानुभयो र मेरो भाइ चिरनको टोकियोमा रहेको होटलमा केही दिन बसेर काम सकेर आउनुभयो । जापानले कृषि क्षेत्रमा नेपाली कामदार लान लागेको विषयमा त्यहीँका कम्पनीसँग कुरा गर्न उहाँ जानुभएको थियो । पछि त्यो बिजनेस अघि बढ्यो या बढेन म सूचित भइनँ । उहाँ जापानमा रहुन्जेल पनि प्रायः दिनहुँ फोनमा कुरा भने हुन्थ्यो ।
दाइसँगका कतिपय भ्रमणमध्ये स्वामी कमलनयनाचार्यले बागलुङको पञ्चकोटमा निर्माण गर्नुहुने धार्मिक संरचनाको शिलान्यासका लागि केही वर्षअघि हामी बागलुङ पुगेको यात्रा चाहिँ बडो स्मरणीय छ । प्रधानमन्त्री सुुशील कोइराला मात्र नभई एमाले नेता केपी ओलीसहित सात जना त मन्त्री नै त्यहाँ पुगेका थिए । त्यस कार्यक्रमको आयोजकका रूपमा म पनि रहेकाले म पनि त्यहाँ जाुनपर्ने थियो । स्वामीजी केही दिन अघि जानुभयो र उहाँले महेन्द्रजीलाई जसरी पनि ल्याएर आउनु भन्नुभएको थियो । मैले दाइसँग भनें र हामी गयौं पनि । तर त्यतिबेला दाइले रात्रि बसमा बागलुङ जाऊँ भनी गरेको प्रस्तावचाहिँ मलाई बडो अनौठो लाग्यो । ’cause पोखरासम्म जहाजमा पुगेर त्यहाँबाट उता गाडीको व्यवस्था मैले गरेको थिएँ । तर दाइले भन्नुभयो, ‘म एक्लै रात्रि बसमा जान पनि सकिनँ । दशकौं भयो रात्रि बस चढेर बागलुङ नपुगेको ।
मलाई कलेज लाइफको याद पनि स्मरण हुन्छ, तिमी र म बसमा जाऔं । एक त मैले हामी जाने आउने व्यवस्था गरिसकेको थिएँ अनि दाइ पनि यसरी बसै चढेर जिल्ला जानुपर्ने हैसियतको होइन । तर दाइले साँच्चिकै कर गरेपछि हामी रात्रि बसमै पुग्यौं । बसमा यात्रा गर्ने प्रायः सबैले दाइलाई राम्रोसँग चिनेका रहेछन् । उनीहरू पनि महेन्द्र शेरचन किन रात्रि बस चढेर आएको भनेर उत्सुक थिए । कति उहाँका निकै नजिकका चिनेका साथीहरूले त यो प्रश्न नै गरे । त्यो यात्रामा बाल्यकालका आआफ्ना स्मृतिमा डुब्यांै । त्यसबेलाको जिल्लाको अवस्था र काठमाडौं आएपछिको विद्यार्थी जीवनका धेरै रमाइला र स्मरणीय कुरा दाइले सुनाउनुभयो । भोलिपल्ट बिहानै बागलुङ पुग्यौं, दाइका एक जना आफन्तको होटलमा बस्यौं र खाना खाएर त्यस्तै १२ बजेतिर पञ्चकोट लाग्यौं । कार्यक्रमस्थलमा भीआईपीहरूको ठूलो उपस्थिति थियो । साबिकको धौलागिरि अञ्चलका संविधानसभाका प्रायः सबै सदस्य त्यहाँ थिए । मञ्चमा रहनुभएका स्वामीजीले सुरुमै महेन्द्र दाइको नामै लिएर आशनग्रहण गराउनुभयो ।
यसरी दाइसँग हुने भेट, भ्रमण र फोनवार्ता अब सदाका लागि अन्त्य भएको छ । प्रायः दुईचार दिन बिराएर हुने हाम्रो फोनवार्ता स्थगित भएको तीन साताभन्दा बढी भएको छ । हाम्रा बेलुका हुने हरेक कुराकानीको अन्त्यमा उहाँले गर्ने एउटा प्रश्न हुन्थ्यो, ‘तिमी राजधानीमा सम्पादक भएर कहिले आउने त ?’ मैले, ‘राससको जागिर सकिएपछि भन्थें ।’ अनि उहाँले भन्नुहुन्थ्यो, ‘त्यतिञ्जेल म के हुन्छु, के हुन्छु ।’ नभन्दै दाइले आज अकस्मात परलोकको यात्रा रोज्नुभयो । आज अखबार कहाँ छ, कुन रूपमा छ भन्ने कुराको मापन त पाठकले नै गर्ने हो । पछि केही उतार चढाव आए पनि जन्मिएको छोटो समयमै राजधानी दैनिकले लिएको उचाइको ज्ञात भने हामी सबैलाई छ । त्यसमा संस्थापक सम्पादक पुरुषोत्तम दाहाल र त्यसपछिका सबै सञ्चारकर्मीको योगदान त छँदै नै छ ।
तर, नेपालजस्तो देशमा कुनै मिडिया जन्माएर त्यसमा कुनै घुनपुत्लो लाग्न नदिई दुई दशकको उमेरसम्म पु-याउनु भनेको सानो सजिलो काम पटक्कै होइन । हालै कान्तिपुर दैनिकका संस्थापक श्याम गोएन्काको एउटा अन्तर्वार्ता बडो चर्चामा छ । त्यसबेला तीनकुनेमा पाइने जग्गाको मूल्य र कान्तिपुरमा गरेको लगानीलाई उहाँले बडो राम्रोसँग तुलना गर्नुभएको छ । यसबाट पनि के बुझिन्छ भने एकाधबाहेक मानिस पैसा कमाउन मिडिया उद्योग चलाउँदैन । कुनै पनि नयाँ संरचनाको निर्माणको थालनी र निर्माण ठूलो कुरा हो । त्यसले पछि निरन्तरता पाउनका लागि त धेरै मानिस जोडिनुपर्ने पनि हुन्छ ।
तर, त्यो संरचना जति बढ्दै, झाँगिदै जान्छ, त्यति नै त्यो सुरुवात गर्ने व्यक्ति जगको ढुंगोजस्तै अदृश्य हँुदै जान थाल्छ । त्यही जगको शिलाले नै बाहिरबाट देखिने समग्र स्वरूपको भार वहन गरेको हुन्छ तर ऊ आफू भने कतै लुकेको र सुषुप्त अवस्थामा रहेको हुन्छ । सायद वैदेशिक रोजगारी क्षेत्रको अवस्था पनि त्यस्तै हुन सक्छ । ’cause उहाँ यस क्षेत्रको पनि अगुवा नै हो । पत्रकारिताजस्तो शिक्षाको ज्योति बाल्ने महेन्द्र दाइ अब हामीबीच भौतिक रूपमा नरहे पनि हामी सदैव सम्झिरहनेछौं । अलबिदा महेन्द्र दाइ !
(प्रधानसम्पादक, रासस)






