सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । प्रदेश सभा सदस्यको निर्णय कार्यान्वयन नगर्न भन्दै शर्माले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज गर्दै प्रदेश सभा सदस्य पद रिक्त गरेको छ ।
शर्माले नेपाली कम्युनिस्ट पार्टीलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत फागुनमा निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)
सम्बन्धित समाचार
वार्ताबाहेक हाम्रो कुनै समाधान छैन : डा. शशांक कोइराला
संसदमा सरकार खोज्दै रास्वपाका सांसद
देउवालाई गगनको अनुरोधः पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
बालेनलाई अमेरिकी अधिकारीले किन स्वागत गरेनन् ?
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन





