काठमाडौँ । खाद्य आयात अनुमति सहजीकरणको नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
आयोगले अधिकारीविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग गरेको छ।
आयोगका अनुसार विभागबाट हुने सेवामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरिएको थियो। त्यसका लागि अधिकारी र अन्य प्रतिवादीका बैंक खाता तथा क्यूआर कोड उपलब्ध गराई रकम जम्मा गराइएको आयोगको आरोप छ। चीनको सीमामा रोकिएको सामान आयातका लागि स्वीकृति दिने विषयमा ह्वाट्सएपमार्फत घुस मागिएको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो।
अधिकारीसँगै बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूलाई घुससम्बन्धी कसुरमा गैरकानुनी लाभ लिने प्रकृतिका मतियार भएको आरोप लगाएको छ। बस्याल क्षेत्रीविरुद्ध ८ लाख ९४ हजार ५००, चौधरीविरुद्ध २ लाख ६९ हजार र श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको छ।
सम्बन्धित समाचार
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र ४ शव भेटिए
तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
रसुवा–भोटेकोसी बाढीः दैनिकजसो अध्ययन समिति, प्रतिवेदन कार्यान्वयनमा शंका
नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
चोभारको गल्छीमा पानीको बहाव बढ्यो
विस्थापित सुकमबासी : थातथलोमा बाढी, सेल्टरमा बेचैनी
हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने




