कागजात पूरा गर्नेले मात्रै पाउँछन कृषि अनुदान

तस्विर: कृषि ज्ञान केन्द्र इलामको फेसबुकबाट

इलाम । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ? यो प्रश्न हो जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेतको । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७।०७८ मा गरेको काम सुनाउँदै गर्दा कृषि प्रसार अधिकृतलाई सोधेको प्रश्न । बस्नेतले प्रश्नमात्र गरेनन आफुले अनुगमनको क्रममा जसले अनुदान पायो भनिया ति किसानले पैसा त परको कुरा जानकारी समेत छैन भनेर आफुलाई भनेको सुनाए । बस्नेतको यो प्रश्नले कृषि प्रसार अधिकृतके जवाफ दिने भन्नेमा सोच्न बाध्य बनायो । जिल्ला समन्वय समितिले आयोजना गरेको बार्षिक समिक्षा बैठकमा खड्काकोे जवाफ भन्दा पनि अनुदान दुरुपयोगको चर्चा शुुरु भयो ।

जिल्लाका धेरैजसो कार्यलयका प्रमुख वा प्रतिनिधि भएको कार्यक्रममा वास्तविक किसानले अनुदान नपाएको प्रतिक्रिया पछि चर्चा चलिरहँदा कतिपयले कागजपत्र ठीक पार्नेले अनुदान पाइरहेको बताए । कसैले झञ्जटिलो प्रक्रियाका कारण बास्तविक किसान अनुदानबाट बञ्चित भएको यातायात व्यवस्था कार्यलय इलामका प्रमुख छवि खतिवडाले बताए । उनले भने, ‘बाख्रको खोर मात्रै बनाएर बाख्रा नपालि अनुदान लिनेहरु पनि छन’, ‘अनुगमन भएको दिन गाउँभरिको बाख्रा ल्याएर बाध्यो, अरुबेला खोर रित्तै हुन्छ ।’

कागजात पुरा गर्नेले मात्रै अनुदान पाउँदा बास्तविक किसान भने राज्यले दिने अनुदानबाट बिमुख भएको उद्योग वाणिज्य संघ इलामको परियोजनाका राम रिमालको पनि भनाई छ । ‘साच्चै खेती किसान गर्ने व्यक्तिले कागज पुरा गर्नै सक्दैन, कागज पुर्याउने झञ्जट व्यहोर्नु भन्दा उ अनुदान लिने प्रक्रियामानै भाग लिदैन’, रिमालले भने, ‘त्यसैले वास्तविक किसानले अनुदाननै पाउँदैन ।’ अपुुरो कागजातका आधारमा अनुदान दिन कानुनी अड्चन हुनाले समस्या भएको जिल्ला समन्वय समिति प्रमुख गणेश बरालको भनाई । ‘डकुमेन्टनै पुरा नगरेकोलाई अनुदान दिन कानुनले मिल्दैन, डकुमेन्ट पुरा गर्ने व्यक्ति वास्तविक किसाननै हुँदैनन,’ प्रमुख बरालले भने,‘हामीले कर्मचारी साथिहरुलाई फिल्डमा पनि पठाउँछौ, अनुदानमा पल्किएकाहरुले यही हो मेरो भनेर अर्काको देखाएर पठाउछन् ।’

कृषि ज्ञान केन्द्र इलामका अनुसार वितेको आर्थिक वर्ष २०७७।०७८ मा एक सय नौ जनाले कार्यालयबाट अनुदान पाएका छन् । प्रदेश सरकारको कार्यक्रमबाट ६५ र संघीय सरकारको बजेटबाट ४४ जनाले अनुदान पाएका हुन् । एक नम्बर प्रदेश सरबारले इलाम जिल्लामा मात्रै एक करोड ८० लाख ९९ हजार आठ रुपैयाँ अनुदानमा खर्च गरेको छ । त्यस्तै संघीय सरकारले तीन करोड नौ लाख चार हजार तीसय ६० रुपैयाँ किसानलाई अनुदान दिएको छ । इलाम जिल्लामा कृषि ज्ञान केन्द्रले अनुदानमा चार करोड ९० लाख चार हजार एकसय ६० रुपैयाँ खर्चगरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 498 times, 1 visits today)

epaper

ताजा समाचार

साजिलाल माविको अध्यक्ष चयन विवादमा