बन्यो चोभरमा सुख्खा बन्दरगाह

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको छ । सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनका लागि तयारी थालिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भएको र सञ्चालनका लागि तयारी भइरहेको बताएका छन् ।

सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भएसँगै अहिले समितिले बन्दरगाह सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टाइन, बैंक, सुरक्षा निकायलगायतका सम्बन्धित निकायसँग छलफल थालेको छ ।

सुक्खा बन्दरगाह सुरु भएसँगै व्यवसायीले सिधंै काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्तामाझ पु¥याउन सकिने भएको छ । यससँगै आयात, निर्यातको मूल्य घटाउन पनि सहयोग पुग्ने भएको छ ।

काठमाडौैंको चोभारस्थित २ सय २० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको हो ।

सुख्खा बन्दरगाहभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुला भवन, ५ सय वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५ सय ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भएको छ । बन्दरगाह परिसरमा सिसिटिभी जडान गरिएको छ भने दमकल समेत जडान गरिएको छ ।

छिमेकी राष्ट्र भारत र चीनसँग सीमा जोडिएका जिल्लामा मात्रै सुक्खा बन्दरगाह भए पनि काठमाडौं उपत्यका भित्र निर्मित यो पहिलो सुक्खा बन्दरगाह हो । अहिले वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभित्ता, तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगन्जमा सुख्खा बन्दरगाहको निर्माण कार्य भइरहेको छ ।

चोभरमा निर्माण सम्पन्न भएको बन्दरगाह विश्व बैंकको ऋण सहयोगमा अघि बढाइएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्नेगरी २०७५ साल जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । तर, वातावरण प्रदूषण, मुआब्जालगायतका कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण निर्माणमा झनै ढिलाइ हुन पुगेको थियो । आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

निजगढ द्रुत मार्ग, दक्षिणमा भारतसँगको रेलमार्ग, उत्तरमा चीनको केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाह व्यापारिक गतिविधिका लागि सामरिक महत्वका साथै निकै सस्तो हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 517 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी कार्यालय खाली गर्न तीनदिने अल्टिमेटम