बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा उपाधि विजेता टोलीलाई सम्मान गरिएको छ । उपाधि हात पार्ने दशरथचन्द नगरपालिका २ देहिमाडौंको टोलीलाई २ नं वडा कार्यालयले सम्मान गरेको हो । वडा कार्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो ।
उत्कृष्ट खेल प्रदर्शन गर्दै लगातार २ पटक उपमेयर कपको च्याम्पियन भएको वडा नं २ को महिला क्रिकेट टोलीलाई सम्मान गरिएको वडाअध्यक्ष रनबहादुर बोहराले बताए । विजेता खेलाडीलाई दोसल्लासहित सम्मान गरिएको हो ।
दशरथचन्द नगरपालिकाले हरेक बर्ष सञ्चालन गर्दै आएको क्रिकेट प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुगेको जिल्ला समन्वय समिति सदस्य रमेश बोहराले बताए । प्रतियोगितासंगै नगरपालिकाले खेलमैदान लगायतका भौतिक पुर्वाधारमा पनि ध्यान दिनु उनले आग्रह गरे । स्थानीय सरकार आएपछी खेल प्रतियोगिता सञ्चालन गर्न सहज भएको एनसीसी क्रिकेट क्लब देहिमाण्डौँका अध्यक्ष भण्डारीले बताए ।
खेलाडीले खेलसंगैं अनुशासन पनि ख्याल गर्न उनले आग्रह गरे । खेलाडीको क्षमता अभिबृद्धि र खेलाडीको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको क्रिकेट प्रशिक्षक दिपक बोहराको भनाई छ ।
नगरपालिकाले हरेक बर्ष गर्दै आएको यस्ता प्रतियोगिताले खेलको प्रदर्शनस्तर बढ्दै गएको दशरथचन्द नगरपालिका २, का महिला क्रिकेट टोलीका कप्तान आरती बोहराले बताइन् ।






