तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन

काठमाडौं । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।

८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त ? जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् ।

सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो ।

अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्ती’bout मतलब राख्दैन । बरु उल्टै मौकामा चौका दाउ हान्न खोजिरहेका व्यापारी÷व्यवसायीलाई साथ दिन्छ । सरकारी निकायले थोरै मात्र अनुगमन गर्ने हो भने पनि यति साह्रो महँगी बढ्ने थिएन । ्

तिहारजस्तो चाडमा पनि साल्ट टे«डिङसँग पर्याप्त चिनी छैन, तिहारलाई भनेर समयमै पर्याप्त चिनी जोहो गर्नुपर्ने हो तर साल्ट ट्रेडिङलाई सरकारले नै चिनी आयात गर्न अनुमति नदिएपछि साल्ट ट्रेडिङले चिनी नै आयात गरेन । विगतमा सधैं सरकारले साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गरी बिक्रीवितरण गर्ने अनुमति दिने गरेको थियो । साल्ट ट्रेडिङसँग अहिले मौज्दात चिनी नहँुदा चिनीको भाउ ह्वातै बढेको छ ।

देविन्द्र श्रेष्ठ, अध्यक्ष, नेपाल खाद्य किराना व्यवसायी संघ

बजार अनुगमन गर्ने कर्मचारी नै ठूला व्यापारीको पक्षमा लाग्दा चाडबाडमा सामानको भाउ बढ्ने गरेको बताउँछन् नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर ।

‘अहिले चिनी, खाने तेल र केही भाइमसलाको मूल्यवृद्धि भएको छ, अहिले मूल्य बढाउनुपर्ने कुनै कारण नै छैन, ठूला व्यापारीको चलखेलले बजारममा मूल्यवृद्धि भएको हो,’ महासचिव तुलाधर भन्छन्, ‘सरकारले कडाइका साथ ठूला व्यापारीलाई केन्द्रित गरी बजार अनुगमन गर्ने हो भने अहिले वृद्धि भएको सबै मूल्य नियन्त्रणमा आउँछ ।’

अहिले चिनी, खाने तेल र केही भाइमसलाको मूल्यवृद्धि भएको छ, अहिले मूल्य बढाउनुपर्ने कुनै कारण नै छैन । ठूला व्यापारीको चलखेलले बजारमा मूल्यवृद्धि भएको हो सरकारले कडाइका साथ ठूला व्यापारीलाई केन्द्रित गरी बजार अनुगमन गर्ने हो भने अहिले वृद्धि भएको सबै मूल्य नियन्त्रणमा आउँछ

अमूलकाजी तुलाधर, महासचिव, नेपाल खुद्रा व्यापार संघ

अहिले भाइमसलामध्येको छोकडा, सुपारी, नरिवलको भाउ बढेको छ । काजु, बदाम, ओखर, दालचिनीलगायतको मूल्य अघिल्लो वर्षको जस्तै छ । सबै प्रकारको खाने तेलमा प्रतिलिटर १ सय रुपैयाँसम्म वृद्धि भएको छ । यस्तै, आटा र मैदाको भाउ पनि बढेको छ ।

तिहारमा सामानको मूल्य बढ्नुको अर्काे कारण हो बजार अनुगमन गर्ने नियामक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन हुनु । यसको फाइदा ठूला थोक व्यापारीले लिएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

बजारमा सरकारको उपस्थिति नै छैन, त्यसैले व्यापारीले विभिन्न बाहानामा उपभोक्तालाई ठग्ने काम गरिरहेका छन्

माधव तिमल्सिना, अध्यक्ष, उपभोक्ता अधिकार मञ्च

उनले तिहार र छठ पर्वमा चिनी, तेल, आटा, मैदा र बिजुलीका सामग्री, भाइमसला, फलपूmलको खपत बढी हुने हुँदा व्यापारीले ती वस्तुमा नै मूल्यवृद्धि गरेको बताए । ‘बजारमा सरकारको उपस्थिति नै छैन, त्यसैले व्यापारीले विभिन्न बाहानामा उपभोक्तालाई ठग्ने काम गरिरहेका छन्,’ अध्यक्ष तिमल्सिना भन्छन् ।

उनले तिहारमा चिनीको खपत धेरै नै हुने हुँदा साता दिनअघि ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले थोक बजारमा नै ९३ रुपैयाँसम्म लिने गरेको बताए । उनले सरकारसँग स्थानीय बजारको माग र आपूर्तिको यकिन तथ्यांक नहुँदा चाडवर्पमा विभिन्न बहाना बनाएर व्यापारीले आपूm अनुकूल मूल्य बढाउने गरेको बताए ।

‘जबसम्म सरकारसँग बजारको माग र आपूर्तिको यकिन तथ्यांक हुँदैन तबसम्म व्यापारीले उपभोक्तालाई मनलाग्दी ठगी गरिरहन्छन्,’ उनको भनाइ छ ।

चाडपर्वमा उपभोक्तालाई ठगिन नदिन प्रभावकारी अनुगमन गर्नुपर्ने दायित्व सरकारको हो, तर सरकार कालोबजारीको इच्छाअनुसार चलेपछि कसको के लाग्छ ?

प्रेमलाल महर्जन, अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि सरकारको सहयोगमा नै व्यापारीले बजारमा मनपरी मूल्य बढाउने गरेको दाबी गर्छन् । ‘चाडपर्वमा उपभोक्तालाई ठगिन नदिन प्रभावकारी अनुगमन गर्नुपर्ने दायित्व सरकारको हो तर सरकार कालोबजारीले इच्छा अनुसार चलेपछि कसको के लाग्छ ?,’ उनले भने ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक डमरुप्रसाद निरौला नै बजारमा भएको अनुगमन’bout आफूलाई केही थाहा नभएको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल