‘सिरपा’मा उत्कृष्ट पाँच गायकको गीत

काठमाडौं।संगीतकार जुगल डंगोलको एकल संगीत रहेको नेपाल भाषाको गीतसंग्रह ‘सिरपा’ ललितपुरको पाटन दरबार क्षेत्र नासः चोकमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धी गायकले गाएका पाँचवटा गीत यो संग्रहमा रहेका छन् । यो गीति संग्रहलाई आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।

अग्रज गायक जुजुकाजी रंजित, अमरराज शर्मासहित नरेशवीर शाक्य, ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्य, संगीतकार जुगल डंगोल, गीति संग्रह प्रायोजक आर्टोम्युज रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक केन्जुमा सुब्बा लगायतले यो गीतिसंग्रह विमोचन गरेका हुन् ।यस अघि सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जुगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धा गरिएको थियो । पेजथ्री बाःछिपौ (पाक्षिक) को आयोजनामा भएको यो प्रतियोगितामा एक सय २१ प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्ये उत्कृष्ट पाँच कलाकारको स्वरमा नयाँ गीत रेकर्ड गरेर यो गीतिसंग्रह निकालिएको संगीतकार जुगल डंगोलले बताए ।

विमोचन समारोहमा बोल्दै ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष एवं गीतकार निर्मलरत्न शाक्यले उत्कृष्ट ५ गायकलाई समेटेर एउटा गीतिसंग्रह आफूले पनि तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उत्कृष्ट गायकले ‘सिरपा’मा संग्रहित गीतलाई विमोचन समारोहमा प्रत्यक्ष प्रस्तुत गरे ।

‘सिरपा’ गीति संग्रहमा सुरजवीरकै शब्दमा प्रतियोगितामा सर्वोत्कृष्ट भएका गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, दर्शनवीर शाक्यको शब्द र मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ गीत छ । यस्तै प्रकाशदीप श्रेष्ठको शब्द र सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, पूर्णकाजी ज्यापूको शब्द र रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ हरिराम महर्जन थेचोको शब्द र परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ गीत यो संग्रहमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग