प्रधानन्यायाधीश राणाले अहिलेसम्म संविधानविपरीत काम गरेको कुनै प्रमाण छैन : कांग्रेस नेता महत


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने धारणा राखेका छन् । अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने उकने भनाइ छ ।

कांग्रेस नेता महतले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको बताए ।

सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको सम्पत्ति झन्डै २ हजार करोड