आकांक्षी बढी भएपछि ओलीलाई पदाधिकारी व्यवस्थापनमा सकस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने प्रयासमा छन् । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सर्वसम्मत हुन उनले थप पहल गर्नुपर्ने नै छ । त्यसो त अध्यक्ष ओली आफूसहित सिंगो पदाधिकारी नै सर्वसम्मतको प्रयासमा छन् । तर, पदाधिकारीको सीमित संख्याका कारण सर्वसम्मतको प्रयास सहज भने छैन ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीमा धमाधम उम्मेदवारी घोषणा हुन थालेकाले पनि १५ सदस्यीय पदाधिकारीमा नेताहरूलाई व्यवस्थापन गर्न अध्यक्ष ओलीलाई पक्कै सहज छैन ।

ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमै ५० भन्दा बढी नेताहरू आकांक्षी देखिएपछि समस्या झनै जटिल बनेको छ ।

१०, ११ र १२ मंसिरमा चितवनमा हुने महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशनमा नेतृत्व चयनको विषय आउँदा नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्नु स्वाभाविक रहेको बताउँछन् । तर, थोरै पदका लागि बढी आकांक्षी हुनुले सर्वसम्मत नेतृत्व चयन गर्न कठिन भएको उनले बताए ।

अध्यक्ष ओलीलाई आफ्नै समूहमा रहेर लामो समयदेखि सहयोग गर्दै आएका नेता, १० बुँदे सहमति पक्षधरका नेता, पूर्वमाओवादीसहित अन्य पार्टीबाट आएका नेताहरू, विधानको कारण ११औं महाधिवेशनबाट बाहिरिन लागेका नेताहरूको व्यवस्थापन गर्न समस्या भएको ओली निकटका नेताहरू बताउँछन् ।

एमाले स्रोतका अनुसार महाधिवेशन मिति नजिकिँदै गर्दा ओलीले शीर्ष नेताहरूलाई बालकोट निवासमा बोलाएर आगामी रणनीति’bout छलफल गरिरहेका छन् । आफ्नै समूहमा रहेर लामो समयदेखि सहयोग गर्दै आएका नेतादेखि १० बुँदे सहमति पक्षधरका नेता, पूर्वमाओवादीसहित अन्य पार्टीबाट आएका नेताहरू, विधानको कारण ११औं महाधिवेशनबाट बाहिरन लागेका नेताहरूसँग ओलीले दिनदिनै छलफल गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि ओली समूहबाट महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ आकांक्षी देखिएका छन् । पूर्वमाओवादीबाट एमाले भएका स्थायी कमिटीका सदस्य रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा आँखा गाडेकाले ओलीलाई व्यवस्थापनमा थप समस्या भएको छ । सर्वसम्मत हुन नसकेको अवस्थामा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

एमालेको विधानअनुसार आगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । अहिलेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले समेत वरिष्ठ उपाध्यक्ष नै ताकेका छन् । तर, शाक्य र ज्ञवालीले सर्वसम्मत उपाध्यक्ष पाए वरिष्ठ उपाध्यक्षको दाबेदारी छाड्ने संकेत गरेका छन् ।

ओली समूहका नेताहरू लालबाबु पण्डित, किरण गुरुङसहित पूर्वमाओवादीबाट एमाले भएका टोपबहादुर रायमाझी र १० बुँदे सहमति पक्षधरका नेता रघुजी पन्तलगायतकाले उपाध्यक्षको दाबी गरेका छन् । नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका पण्डित र गुरुङले १०औं महाधिवेशनमा सर्वसम्मत सो पदमा आउन खोजेका छन् ।

एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद ‘महासचिव’ हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेलाई अर्को महाधिवेशनमा अध्यक्षका लागि मुख्य दाबेदार पनि मान्न सकिन्छ ।

महासचिवका लागि विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डेसहितका नेताहरूले आकांक्षा देखाएका छन् ।

एमालेमा अहिले पाँच जना सचिवमा प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ छन् । यी पाँचै जना नेता उपमहासचिव पदको स्वतः दाबेदार हुन् । एक पदमाथि उक्लिनु पर्दा पाँच सचिवमध्ये एकले उपमहासचिव पाउन सक्छन् ।

अहिले उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल सोही पदमा दोहोरिने सम्भावना छैन । ’cause, पौडेलले तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी बहन गरिसकेका छन् । उनी महासचिवको दौडमा रहेका छन् । अर्का उपमहासचिव भुसाल कुन पदमा उम्मेदवारी दिने भन्ने’bout अलमलमा छन् । भट्टराई, विष्ट र आचार्य सचिवमै दोहोरिन खोजेका छन् । यी तीनै जना नेता १० बुँदे सहमति पक्षधरका नेता हुन् ।

एमालेको प्रथम विधान सम्मेलनबाट पारित विधानअनुसार एमालेमा सात सचिव निर्वाचित हुनुपर्ने हुन्छ । नवौं महाधिवेशनबाट पाँच जना सचिवमा निर्वाचित भएका थिए । विधान संशोधन गरी सचिवको संख्या दुई थपेर सात बनाइएको छ । केही नयाँ र केही पुरानैअनुसार सचिवमा आउनेछन् ।

सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल, डोरमणि पौडेल, लेखराज भट्ट, कर्ण थापा, मणि थापा, गोकुल बाँस्कोटा, रघुवीर महासेठ, शेरधन राई, शेरबहादुर तामाङ, हिक्मत कार्की, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, खिमलाल देवकोटा, राधा ज्ञवाली, पद्मा अर्याल, बिन्दा पाण्डे, राजेन्द्र गौतमलगायतका नेताहरूले लबिङमा छन् ।

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छन् । ‘पार्टीलाई संकट परेका बेला सर्वसम्मत नेतृत्व चयन भए राम्रो सन्देश जान्थ्यो’ सुब्बाले भने ।

सत्ताबाट बाहिरिएको र पार्टी विभाजनको पीडाका भोगिरहेको एमालेले अगामी महाधिवेशनबाट नयाँ नेतृत्व गर्दै अगामी निर्वाचनबाट संघीय सरकार, प्रदेश सरकार स्थानीय तहको सरकार बहुमतसहित नेतृत्व गर्ने दाबी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?