काठमाडौँ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ ।
राजधानीमा शनिबार आयोजित सम्मेलनको समापन समारोहलाई सम्बोधन गदैँ सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर ४ सय जसमध्ये करिब ३ सय जना विदेशी पाहुनाको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताए।
उनले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराए ।
‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’– सम्मेलन आयोजक समितिका अध्यक्ष लम्सालले भने ।
किवानिज एसिया प्यासिफिक (एस्प्याक)का सचिव माइकल चुले नेपालले यसपटकको सम्मेलन आयोजना गर्नु आफैँमा गर्वको कुरो रहेको बनाउदैँ नेपालमा किवानिज एसिया प्यासिफिक सम्मेलन हुनु आफैमा गर्वको कुरा रहेको भन्दैँ एसिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपाली प्रतिको बुझाईमा अझ सकारात्मक भएको उल्लेख गरे ।
‘नेपालमा एसिया प्यासिफिक सम्मेलन मार्फत् भिजिट नेपाल २०२० लाई सफल पार्न १५ सय बढि प्रतिनिधि र ३ हजार पर्यटक भित्र्र्याउने हाम्रो लक्ष्य रहेकोमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्मेलनमा सहभागि हुने विदेशी पाहुँना घट्न पुगे’ किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले भने । उनले किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्य सहित ५१ वटा किवानिज क्लव गठन भएको जानकारी दिए ।
किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १०५ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुनुु आफैमा गर्वको कुरा भएको बताए । उनले नेपालमा आयोजना भएको ४५ औँ एसिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको दावी गरे।
सचिव लम्सालले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ बर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ता बालबालिकाको निशुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिए । यस पटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलन हेरक बर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचन मार्फत् अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन हुने गर्छन् ।
जसमध्ये यसपटक एसिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन हुनुभएको छ । यस्तै एसिया प्यासिफिक क्षेत्रबाट ट्स्टीमा तीन बर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई बर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निर्वाचित भएका छन् ।






