चिनियाँ कम्पनीका कारण सिंगटी हाईड्रो पावर निर्धारित समयमा पुरा नहुने

सिंगटी (दोलखा) । सिंगटी हाईड्रो पावरको हेड र्वक्स निमार्ण कार्य ९८ प्रतिशत पुरा भएपनि चिनियाँ कम्पनीको कारण निर्धारित समयमा पुरा नहुने देखिएको छ ।२०७६ चैत मसान्त भित्र बिद्युत उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वाजानिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडका प्रतिनिधि कोरोना भाईरसका कारण चिनबाट नर्फिकिदा निर्धारित समयमा पुरा नहुने देखिएको हो ।

क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडका मुख्य चिनियाँ नागरिक नभएपनि एकजना क्षमतावान चिनियाँ नागरिक कोरोना संक्रमणको समयमा भियातनाम रहेकोले ऊ कम्पनिका सम्पर्कमा आएकोले २०७७ बैशाख महिना भित्र बिद्युत उत्पादन गर्ने सिंगटी हाईड्रो पावर आयोजना प्रमुख मनहरी सापकोटा बताए ।
सिंगटी हाईड्रो इनर्जीले निर्माण गरिरहेको दोलखा कालिन्चोक र विगु गाउँपालिका समेत भएर बहने सिंगटी खोलामा निर्माण भैरहेको २५ मेगा वाट क्षमताको जलविद्युत सुपर सिक्स नामले परिचित ६ वटा आयोजनाहरु मध्येको एक आयोजना हो ।

१६ मेगा वाट क्षमताको आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्याङ्कन पारित गराई नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्री सम्झौता गरी विद्युत उत्पादन अनुमतीपत्र प्राप्त भई निर्माण कार्य भई रहँदा आयोजनाको क्षमतामा वृद्धी भई २५ मेगा वाट कायम भएको छ ।
कर्जा लगानी गर्ने बैकहरुमा सिभिल बैकको अगुवाईमा, सेन्चुरी कमर्सियल बैंक र अन्य बैकहरुमा प्रभु बैक, सिदार्थ बैक, मेघा बैक, लुम्बिनी विकास बैक, महालक्ष्मी विकास बैक, कुमारी बैक, जनता बैक नेपाल र देब विकास बैक रहेका छन । हाल आयोजनाको लागत ५ अर्व लाग्ने अनुमान गरिएको छ ।

बैकहरुवाट ७० प्रतिशत कर्जा र लगानी मार्फत ३० प्रतिशत लगानी गरी आयोजना सम्पन्न गर्ने लक्ष्य लिईको छ । टनेल निर्माण कार्य ९९ प्रतिशत समाप्त भएको छ । पावर हाउसको कार्य लगभग ७० प्रतिशत र बिद्यिुत गृह भित्रको काम मेसिन जडानको काम ७० प्रतशित सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले बताए ।

सापकोटाले भने ५ हजार ६ सय ७ मिटर टनेलको काम पुरा भएको र टनेल भित्र फिनिसिङ को काम ९९ प्रतिशत सकिएको छ । उनी भन्छन अहिले पावर हाउस भित्र जडान गरिने उपकरणहरुको जडान कार्य भइरहेको छ ।

आयोजना सम्पन्न भएपछि १२ दशमल्लब ५ मेगावाट क्षमताका दुई जेनेरेटर मार्फत २५ मेगावाट विद्युत उत्पादन गरिने आयोजना प्रमुख मनहरी सापकोटाले जानकारी दिए । उत्पादित विद्युतलाई सिँगटी बजारमा निर्माणाधिन सब स्टेशनमा लगी केन्द्रिय प्रसारणमा जोडिने छ । आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, गरिरहेको आयोजनाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ