काठमाडौं । लतिलपुरका ससिन डंगोल र दिपेश शाक्य किङकम क्लब बानेश्वरको आयोजनमा भएको १०औं खुल्ला वविन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन् ।
सोमबार आयोजकको प्रांगणमा भएको प्रतियोगितामा योङस्टार क्लब ललितपुरका ससिन र दीपेशको जोडीले आयोजकका विकासचन्द्र राई र यम रानाको जोडीलाई २१÷१८, ११÷२१, २१÷१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपविजेता नगद ४० हजार र २५ हजारसहित मेडल प्रमाणपत्र र मेडल ट्रफी प्राप्त गरे ।
तेस्रोे स्थानमा लतिलपुरका योङस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।
भेटान्स डबल तर्फको खेलमा एभरेस्ट ब्याडमिन्टन क्लबका डीबी लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रोे स्थामा पेप्सी क्लबका कृष्णराम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रोे स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधान मन्त्री एवं संघीय संसद्का सभासद प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, बाग्मती प्रदेशका सभासद दीपेन्द्र श्रेष्ठ र राजेन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।






