‘निधनमा पारिवारिक’ कारण भनेपछि एसएसपी यादवपत्नीको आक्रोश

काठमाडौं । संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको मृत्युलाई लिएर उनकी पत्नी रूपमकुमारी यादवले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेकी छन् । प्रहरी प्रधान कार्यालयले एसएसपी यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने बताइरहेका बेला उनकी पत्नी रूपमकुमारीले यस’bout स्पष्ट पार्न पनि माग गरेकी छन् ।

एसएसपी यादवको गत ९ पुस शुक्रबारका दिन उनी कार्यरत कार्यालयको क्वार्टरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान अनार खाएर तातोपानी तताउन भनेका उनलाई बिहान ११ बजे झुन्डिएको अवस्थामा भेटिएको थियो ।

उच्चस्तरीय न्यायिक आयोग गठनको माग

बिहान ११ बजे जाली भएको ढोकाबाट झुन्डिएको अवस्थामा देखेर पनि तत्काल उपचारका लागि नलगिएकोमा पनि उनले आक्रोश पोखेकी छन् । ‘झुन्डिएको कुरा बाहिरबाट प्रस्ट देखिन्थ्यो, झुन्डिएको अवस्थामा देखेर पनि ढोका फोडेर उपचारका लागि किन लगिएन ? यो स्थितिमा उहाँ (एसएसपी यादव) आफैं झुन्डिएको भनेर हामीले कसरी विश्वास गर्ने ? उहाँले आत्महत्या गरेको कुरामा हामीमा थोरै पनि विश्वास छैन । त्यसैले यो घटनामा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दछौं,’ श्रीमती रूपमकुमारीले राजधानीसँग भनिन् ।

आफ्नो पति एसएसपी यादवलाई बिहान ११ बजे नै झुन्डिएको अवस्थामा संघीय प्रहरी एकाइ कार्यालय भैरहवाका प्रहरीले देखे पनि आफूहरूलाई ३ घण्टापछि मात्रै अस्पष्ट रूपमा जानकारी दिएको उनले भनेकी छन् ।

‘मेरो पति सुशीलकुमार यादवलाई ११ बजे नै झुन्डिएको अवस्थामा भेटिएको भनिएको छ तर दिउँसो १२ः४५ बजे मात्र नवलपरासीमा बस्दै आउनुभएका मेरा ससुरा (एसएसपी यादवका बाबु)लाई घटना’bout जानकारी दिइएको छ, त्यो पनि अस्पष्ट रूपमा । मैले त दिउँसो ३ बजे मात्रै स्पष्ट रूपमा थाहा पाएको हुँ । सुरुमा त हामीले ‘हर्ट आट्याक’ भएको पो हो कि भन्ने ठानेका थियौं,’ रूपमकुमारीले भनिन् ।

आफूहरू साँझ पुग्दाको घटना विवरण सुनाउँदै उनले भनिन्, ‘हामी पुग्दा केही प्रहरी कोठाभन्दा बाहिर उभिएका थिए । उहाँ कोठाभित्र झुन्डिरहनुभएको थियो । कोठा छिर्ने ढोका जालीवाल र त्यो ढोका फुटाउन मिल्ने अवस्थाको थियो । त्यसैले पनि हामीलाई आत्महत्या भन्ने’boutमा शंका लागेको हो ।’

एसएसपी यादवको मृत्युमा प्रहरीले पारिवारिक कारण हुन सक्ने बताए पनि आफूहरूको सम्बन्ध एकदम राम्रो भएको जिकिर पनि श्रीमती रूपमकुमारीले गरेकी छन् । घटना भएको दिन बिहान ८ बजेर १२ मिनेट जाँदा आफूहरूबीच कुराकानी भएको पनि उनले सुनाइन् ।

‘प्रायःजसो कुरा गर्दा उहाँले ‘यहाँको अवस्था राम्रो छैन, ग्रुपिजम छ भनेर भन्नुहुन्थ्यो । अघिल्लो दिन बिहीबार मात्र अवकाश मिति पनि नजिकिँदै छ, म लामै समय बस्ने गरी बिदा लिएर आइतबार या सोमबार काठमाडौं आउँछु’ भन्नुभएको थियो । हाम्रो हरेक दिनजसो कुरा हुन्थ्यो । घटना भएको दिन पनि बिहान ८ बजेर १२ मिनेट जाँदा पनि कुराकानी भएको थियो । तर, त्यसै दिन अप्रिय घटना सुन्नुप¥यो,’ श्रीमती रूपमकुमारीले भनिन्, ‘म पनि केही दिनअघि त्यहाँ चार दिन बसेर फर्केकी हुँ । म शनिबार फर्किएँ, ६ दिनपछि शुक्रबार सो घटना हुन पुग्यो ।’

एसएसपी यादव रामग्राम नगरपालिका–२ नवलपरासीका स्थायी वासिन्दा हुन् । उनी प्रहरीकै पूर्वआईजीपी एवं राप्रपाका नेता धु्रवबहादुर प्रधानका भान्जा हुन् । वृत्तिविकासमा पछाडि परेकाले यादव पछिल्लो समयमा तनावमा रहेको उनीनिकट व्यक्तिहरूको भनाइ रहेको छ । उनमा वृत्ति विकासमा पछाडि परेको पीडा त थियो नै, अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टन्डनलाई उन्मुक्ति दिएको आरोप लागेपछि उनी झन् तनावमा थिए । जागिर अवधिभर विवादमा नतानिएका उनमा टन्डनलाई उन्मुक्ति दिएको आरोपले भने बेचैनी बढाएको थियो ।

उनले हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धामा नाम निकाल्न सफल भएका थिए । क्षत्रीलगायतले वैशाखमा नियुक्ति पाउँदा यादवसहित ४० जना वैकल्पिकमा परेका थिए । उनले चैतमा मात्रै नियुक्ति पाएका थिए ।

त्यतिबेला वैकल्पिकमा पर्नेमा हालका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा पनि हुन् । यीमध्ये एक जना आगामी वैशाख तेस्रो साता आईजीपी बन्दै छन् । साथीहरू आईजीपी बन्न लागिसक्दा आफू डीआईजी पनि बन्न नसकेको र एसएसपीबाटै घर जानुपर्ने अवस्था आउन लागेकोमा उनी निराशजस्तै देखिएको निकटस्थहरूको भनाइ छ ।

नेपाल प्रहरीमा एसएसपीका लागि भएको ५५ वर्षे उमेरहदको व्यवस्थाका कारण उनले १५ माघमा अवकाश पाउँदै थिए । डीआईजीमा बढुवा भएको अवस्थामा भने उनी थप एक वर्ष सेवामा रहन्थे ।

त्यसो त उनले आफन्त र साथीहरूसँग पनि आफू अन्यायमा परेको गुनासो गर्दै आएका थिए । उनीमाथि भएको अन्याय उनकी पत्नी रूपमकुमारीलाई पनि राम्रोसँग थाहा थियो ।

तपाइको प्रतिक्रिया
(Visited 944 times, 1 visits today)

epaper

ताजा समाचार

किष्ट हस्पिटल नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै