सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खानले फिल्म ‘टाइगर–३’ मा अभिनेता शाहरुख खान र ऋतिक रोशनको साथ पाएको बताएका छन् । सलमानका अनुसार अब यो फिल्ममा दर्शकले शाहरुख र ऋतिकलाई पनि पर्दामा देख्नेछन् । यी दुवै नायकले यो फिल्ममा केमियो भूमिका निर्वाह गरेका छन् । तर, शाहरुखको भन्दा ऋतिकको केही फरक र केही दृश्य बढी भएको पनि सलमानले खुलाएका छन् ।

यो फिल्मको क्लाइमेक्स छायांकन हुँदाहुँदै कोभिडको महामारी बढेपछि गत साताबाट छायांकन रोकिएको हो । दिल्लीलगायतको सहरमा ‘टाइगर–३’ को १० प्रतिशत छायांकन बाँकी रहेको बताइएको छ । कोरोना मत्थर भएपछि यो फिल्मको छायांकन पूरा गरेर उनी नयाँ फिल्म ‘बजरंगी भाइजन–२’ को छायांकनमा जोडिनेछन् । ‘टाइगर–३’ मा सलमानसँगै कैटरिना कैफको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 609 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ