नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले इरानमा भएको डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा रजत पदक जितेकी छन् । तेहरानमा सोमबार भएको प्रतियोगिताअन्तर्गत पाराको के–४४ विधाको महिला ५२ केजीमुनी तौलसमूहमा उनले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले बताए ।

उनले फाइनल राउन्डमा इरानकी फातेमेह डोडान्गेहसँग पराजीत भइन् । फाइनल राउन्डमा ३३–११ ले पराजीत हुदै स्वर्ण जित्नबाट बञ्चित भइन् । उनले सेमिफाइलन राउँन्डमा टर्कीकी मेर्येम बुटुल कार्भडारलाई ११–१०अंकले पराजीत गर्दै रजत पदक पक्का गरेकी थिइन् । क्वार्टरफाइलनमा उनले इरानकी कोमिसानीलाई ५–३ अंकले हराएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
सिर्जनाको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । सिर्जनाले चौथो एसियाली पारा युथ गेम्समा पनि रजत पदक जितेकी थिइन् । सन् २०१८ मा सिर्जनाले पारा तेक्वान्दोल खेल्न सुरु गरेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सफल प्रशिक्षक रहेका चर्चित ओलम्पियन दिपक विष्टले बताए । पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रुपमा उनको यो पाँचौं प्रतियोगिता हो । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय स्पर्धामा पदक दिलाउन सफल भएका छन् ।







