उर्वशीले अर्जुनलाई किन श्राप दिइन् ?

यो प्रसंग हो पाण्डवहरू वनवासमा गइरहेको बेलाको । वनवासको समयमा एकपटक पाण्डव महर्षि वेदव्यासको आश्रममा पुग्छन् । अनि युधिष्ठिरले बेदव्यासलाई वन्दना गरी प्रार्थना गर्छन् र सोध्छन् मेरो राज्य फेरि प्राप्त गर्ने केही उपाय भए बताइदिनुहोस् ।

अनि वेदव्यासले आफ्नो राज्य पुनः प्राप्त गर्न तिमीहरूले दिव्य अस्त्र प्राप्त गर्र्न सक्नुपर्छ भनिदिन्छन् । ’cause कौरवतर्फ भीष्म, द्रोणाचार्य, कृपाचार्य, कर्णजस्ता महारथीहरू छन् । वेदव्यासले फेरि भन्छन्, ‘तिमीहरूमध्ये अर्जुनले मात्र देवताको तपस्या गरेर प्रसन्न पारी दिव्यास्त्र प्राप्त गर्न सक्छन् । अतः अर्जुनले नै तपस्या गरेर देवतालाई प्रसन्न पार्नुपर्छ ।’

वेदव्यासका यस्ता वचन सुनेपछि अर्जुन तपस्या गर्न एक्लै जान्छन् । अर्जुन उत्तराखण्डको पहाड नाघेर जाँदा एउटा अभूतपूर्व एकदम सुन्दर मनमोहक वनमा पुग्छन् । त्यहाँको शान्त वातावरणमा अर्जुनले महादेवको तपस्या गर्छन् । अर्जुनको तपस्याको परीक्षा लिन महादेवले एउटा मिलको भेष धारणा गरी आउँछन् । त्यहाँ आएपछि मिलरूपी महादेवले देख्छन् कि एउटा दैत्य सुंगुररूप धारण गरेर तपस्या गरिरहेका अर्जुनलाई आक्रमण गर्न हेरिरहेका छन् । महादेवले त्यो सुंगुररूपी दैत्यलाई मार्न आफ्नो बाण छोडिदिन्छन् । जुन बेला महादेवले त्यो दैत्यलाई देखेर बाण छोड्छन्, त्यही बेलामा अर्जुनको तपस्या भंग भई दैत्यलाई देख्छन् । अर्जुनले पनि आफ्नो गाण्डीब धनुषले बाण छोडिदिन्छन् । सुंगुरलाई दुईवटै बाण एकै चोटी लाग्दा त्यसको प्राण जान्छ ।

अनि, महादेव प्रसन्न भई भन्छन्, ‘हे अर्जुन ! म तिम्रो तपस्या र पराक्रमबाट अति नै प्रसन्न भए, म तिमीलाई पाशुपत अस्त्र प्रदान गर्छु, लौ यो पाशुपतअस्त्र लेऊ’ भन्दै महादेवले अर्जुनलाई प्रदान गरेर अन्तरध्यान भइजान्छन् । त्यसपछि त्यहाँ वरुण, यम, कुवेर, गन्धर्व र इन्द्र आआफ्ना बाहनमा सवार भई आउँछन् । अर्जुनले सबै देवतालाई विधिपूर्वक पूजा गर्छन् । अनि यमराजले भन्छन्, ‘अर्जुन, तिमी नरको अवतार हो त्यस्तै श्रीकृष्ण नारायणका पनि अवतार हुन् । त्यसै भएर तपाईंहरू दुवै जना मिलेर अब यो पृथ्वीको भार हल्का गरिदिनुपर्छ । त्यहाँ भएका सबै देवताले अर्जुनलाई आशीर्वाद दिँदै विभिन्न किसिमका दिव्य र अलौकिक अस्त्रशस्त्र प्रदान गरेर आआफ्ना लोकमा जान्छन् ।’

अन्तमा देवराज इन्द्र भन्छन्, ‘हे अर्जुन ! अब त तिमीले देवताका अनेक कार्य पूरा गर्नुपर्छ । त्यसैले तिमीलाई लिन मेरो सारथी आउँछ ।’ यति भनेर इन्द्र त्यहाँबाट फर्किन्छन् । अर्जुन त्यही वनमा बसी प्रतीक्षा गरिरहन्छन् । केही समयपछि अर्जुनलाई इन्द्रको सारथी मातली त्यहाँ आइपुग्छन् । अनि अर्जुनलाई विमानमा राखेर देवराज इन्द्रको नगर अमरावतीमा लैजान्छन् । इन्द्रका स्थानमा पुगेपछि अर्र्जुनले इन्द्रलाई प्रणाम गर्छन् । देवराज इन्द्रले पनि अर्जुनलाई आशीर्वाद दिँदै आफू नजिकैको आसन दिएर बसाउँछन् ।

अमरावतीमा बसेर अर्जुनले देवताद्वारा प्राप्त गरेका दिव्य र अलौकिक अस्त्रशस्त्रको प्रयोग विधि सिकेर अनि उक्त अस्त्रशस्त्र चलाउने अभ्यास गरेर पारंगत हुन्छन् । फेरि एकदिन इन्द्रले अर्जुनलाई भन्छन्, ‘अब गएर तिमीले चित्रसेन नामक गन्धर्वसँग संगीत र नृत्यको कला सिक्नुपर्छ ।’ चित्रसेनले पनि इन्द्रको आदेशबमोजिम अर्जुनलाई संगीत र नृत्यको कलामा निपूर्र्ण बनाइदिन्छन् ।

एकदिन चित्रसेनले अर्जुनलाई संगीत र नृत्यको शिक्षा दिइरहेका बेलामा त्यहाँ इन्द्रका आसनमा उर्वशी आउँछिन् । अनि अर्जुनलाई देखेर मोहित हुन्छिन् । मोहित भएकी उर्वशीले भन्छिन्, ‘हे अर्जुन ! तिमीलाई देखेर मेरो काम वासना जागृत भयो, त्यसैले अब तिमीले कृपा गरेर मसँग विहार गरेर मेरो कामवासनालाई शान्त पारिदिनुपर्छ ।’

उर्वशीको कुरा सुनेर अर्जुनले भन्छन्, ‘हे देवी ! हाम्रा पूर्वजले तपार्इंसँग विवाह गरेर वंशको गौरव बढाएका हुन् अनि कुरुवंशकी आमा भएको नाताले तपार्इं त मेरी आमा बराबर हुनुभयो । मैले तपार्इंलाई प्रणाम गर्छु ।’ अर्जुनको यस प्रकारका कुरा सुनेर उर्वशीको मनमा क्रोध उत्पन्न हुन्छ र अत्यन्तै क्रोधित भएर भन्छिन्, ‘तिमीले नपुंसकले जस्तै कुरा गर्न सुहाउँदैन, अतः मैले तिमीलाई श्राप दिन्छु । तिमी एक वर्षसम्म पुरुषत्वहीन अर्थात् नपुंसक नै भएर बस्नुपरोस् । यति श्राप दिएर अप्सरा उर्वशी त्यहाँबाट जान्छिन् ।

जब इन्द्रलाई यो घटनाको विषयमा थाहा हुन्छ, उनले अर्जुनलाई भन्छन्, ‘तिमीले जुन व्यवहार ग¥यौ, त्यो योग्य नै हो । उर्वशीको यो श्राप पनि भगवानकै इच्छा हो । यो श्राप तिम्रो अज्ञात वासको समयमा काम लाग्नेछ । आफ्नो एक वर्षको अज्ञातवासको समयमा तिमी पुरुषत्वहीन हुन्छौ । अनि अज्ञातवास पूरा भएपछि तिमीलाई पुनः पुरुषत्व प्राप्त हुनेछ ।’

यो श्रापका कारणले नै अर्जुन एक वर्षसम्म राजा विराट्को राज्यमा अज्ञातवास रहँदाको समयमा वृहन्नला बन्छन् । यो वृहन्नलाका रूपमा अर्जुनले राजा विराटपुत्री उत्तरालाई एक वर्षसम्म नृत्य सिकाएका हुन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 490 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाएका जवान कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली अर्पण