कोरोना त्रास : राजविराजको कारागारमा सतर्कता

सप्तरी । क्षमता भन्दा तेब्बर कैदी/बन्दी रहेको राजविराज कारागारमा सतर्कता बढाइएको छ । १ सय २५ क्षमता रहेको कारागारमा हाल १७ महिला सहित ३ सय ३४ कैदी/बन्दी छन् । ‘एक जनालाई संक्रमण भएमा केही दिनमै धेरैलाई फैल्न सक्ने भएकाले कैदी बन्दीलाई विगत एक सातादेखि कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय’bout सचेतना अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर सत्य नारायण यादवले बताए ।

कैदीबन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाइएको उनको भनाई छ । फोहोरमैलाको उचित व्यवस्थापन, सरसफाई र साबुन पानीले नियमित हात धुनेलगायतका काममा विशेष ध्यान दिइएको तथा अतिआवश्यक काम बाहेक भेटघाटमा कडाई गरिएको उनको भनाई छ ।

सरकारले कोरोना भाईरसको जोखिममा ध्यानमा राख्दै भिडभाडमा नबस्न तथा सभा सम्मेलनको आयोजना नगर्न आग्रह गरिरहेका बेला राजविराज कारागारमा ठुलो संख्यमा कैदीबंदीलाई कोचाकोच गरि राखिएकाले जोखिम बढेको कैदीबन्दीहरुको भनाई छ । चिकित्सकहरुले एकैथलोमा यति ठुलो संख्यामा कैदीबन्दी राख्दा कोरोना भाइरसको जोखिम बढने भन्दै यसको उचित व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 665 times, 1 visits today)

epaper

ताजा समाचार

बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि