ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको अष्ट्रेलियन एडिमेसन डे सम्पन्न

काठमाडाैं । ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले काठमाण्डौको नयाँ बानेश्वरमा रहेको आफ्नो शाखामा मंगलबार अष्ट्रेलियन एडिमेसन डे कार्यक्रमको आयोजना सम्पन्न गरेकाे छ ।

अष्ट्रेलियन एडिमिसन डे नाम दिइएको यो कार्यक्रममा उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया लगायत अन्य मूलुकहरूमा जान चाहने नेपाली बिध्यार्थीहरूलाई कर्नरले बिभिन्न सर – सल्लाह र सुझाब दिएको थियो । ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको यो कार्यक्रमबाट आफूहरूले धेरै कुराको ज्ञान पाएको कुरा कार्यक्रममा उपस्थित बिध्यार्थीहरूले बताएका थिए ।

        

अभिनेत्री उपासना सिंह ठकुरीले उपस्थित बिध्यार्थीहरूसंग छलफल गरेकी थिइन्

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड ऐम्बेष्डर अभिनेत्री उपासना सिंह ठकुरीले उपस्थित बिध्यार्थीहरूसंग छलफल गर्दै ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको ’boutमा जानकारी दिएकी थिइन् -‘ बिध्यार्थीहरूको उल्लेख्य सहभागिताले सांच्चै हामी हौसीएका छौ । उहाहरूले यो कार्यक्रमको आयोजनाबाट भरपूर जानकारी पाउनु भएको बिस्वास हामीमा पलाएको छ -‘ ऐजुकेसन एण्ड माइग्रेसन कर्नर नयाँ बानेश्वर शाखाका प्रबन्धक नितेश उप्रेतीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस