मधेश प्रदेशका सडक सीसीटिभीको निगरानीमा

बारा । मधेश प्रदेश सीसीटिभीको निगरानीमा रहेको छ । मधेश प्रदेश ट्राफिक कार्यालय पथलैयाले सडकमा गुडने सवारी साधनको सीसीटिभीमार्फत् निगरानी राखेको छ । पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सावारी साधनको तीव्रतामाथि निगरानी गर्न सीसीटिभी प्रयोगमा ल्याइएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक नान्कीराज गुरुङले जानकारी गराए ।

सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सीसीटिभिको फुटेज प्रयोग गरी कारवाही सुरु गरेको प्रहरी उपरीक्षक गुरुङले बताए । मधेश प्रदेशको पाँचवटा स्थानमा सीसीटिभी जडान गरेको समेत उनले जानकारी गराए ।

सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, सिरहा, महोत्तरी, र बारा गरी पाँच स्थानमा सीसीटिभी विथ रैडर गन जडान समेत जडान गरेको उनले जानकारी गराए ।

सीसीटिभीको जडानले दुर्घटना गरेर भाग्नेहरुको पहिचान खुल्न सजिलो भएको प्रहरी उपरीक्षक गुरुङ्ग बताउँछन । प्रया जङ्गल क्षेत्रमा पर्ने हाईवे सडक खण्डमा सवारी सधानले दुर्घटना गरि भाग्ने वा कुनै समस्यामा पर्नेलाई सीसीटिभीको मार्फत निगरानी गर्न सजिलो भएको उनले बताए ।

चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भए भन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सीसीटिभीको फुटेजमार्फत् कारबाही सुरु गरिएको छ ।

राडार गन र सीसीटिभीको माध्यमले बढी गतिका यात्रु चढने बस, मिनि बस, सुमो एक सय ६०, कार जिप पाँच सय एक, मोटरसाइकल २१ र मालबाहक ट्रक, ट्रिपर, ट्रयाक्टर चार सहित जम्मा ६ सय ८६ सवारी साधनहरुलाई कारवाही गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी उपरीक्षकले जानकारी दिएका छन् । तीव्र गतिले सडकमा गुडेको सवारी साधनबाट चार लाख २७ हजार राजस्व असुली गरेको उनले बताए ।

ह्यान्ड हेल्ड रेडर गनबाट दुर्घटना न्यूनीकरण गर्न गत साउन देखि चैतसम्ममा यात्रुवाहक बस, मिनि बस, सुमो तीन सय ८४, निजी कार जिप पाँच सय सात, मोटरसाइकल दुई हजार पाँच सय ९२ र मालबाहक ट्रक, ट्रिपर, ट्याक्टर तीन सय ७८ गरी कूल तीन हजार ८ सय ६० वटा सवारी साधनलाई कारवाही गरेको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक गुरुङ्गले बताएका छन् । ४२ लाख २६ हजार ५ सय रुपियाँ राजस्व समेत संकलन भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार