काठमाडौं । कोरोना सँक्रमण मत्थर भएसँगै नेपाली चलचित्रको निर्माण क्रम सुरु भएको छ । यसै क्रममा नाईँ नभन्नु लको नयाँ सृँखला निर्माण हुने भएको छ ।
यस अघि पाँच सृँखलासम्म निर्माण भएको यो चलचित्र अब ‘नाई नभन्नु ल–६’ निर्माण हुने यसका निर्माता निर्देशक विकाश आचार्यले बताएका छन् । यो चलचित्रको नायिकामा अभिनेत्री आँचल शर्मा चयन भएकी छिन् । दुई देखि पाँर्चौं सृँखलासम्म अभिनय गरेका अनुभव रेग्मी भने यो सृँखलामा नहुने निर्देशक आचार्यले बताएका छन्
नाई नभन्नु लको तेश्रो सृँखलाबाट नेपाली चलचित्रमा नायिकाको रुपमा आएकी आँचल त्यसपछि नाई नभन्नु ल ६ मा फेरी दोहोरिन लागेकी हुन् । यो चलचित्रमा सामिप्यराज तिमल्सिना र विकासराज आचार्यको लेखन रहेको छ । बाँकी कलाकारको चयन भईरहेको पनि निर्देशक आचार्यले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 863 times, 1 visits today)






