काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा केही सञ्चार माध्यमहरूले उम्मेदवारविरुद्ध अप्रमाणित आरोपलाई स्थान दिएर दुष्प्रचार गर्न थालेपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केही दिनदेखि केही अनलाइन तथा पत्रपत्रिकाहरूले स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध अप्रमाणित तथा झुटा समाचार प्रकाशन गरेर दुष्प्रचार गरिरहेको भन्ने उजुरी काउन्सिलमा परेपछि काउन्सिलले त्यस सम्बन्धमा सूक्ष्म अनुगमन गरी कारबाही थालेको हो । सामाजिक सञ्जालमा पनि उम्मेदवारविरुद्ध फेक तथा भ्रम फैलाउने सूचना नराख्न प्रेस काउन्सिलले चेतावनी दिएको छ ।
– २४सै घण्टा अनुगमन,
– उल्लंघन गर्नेलाई कडा कारबाही गरिने
– भ्रम छर्ने १६ सञ्चारमाध्यमलाई स्पष्टीकरण
३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, पारदर्शी र धाँधलीरहित बनाउन र सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशन हुनबाट रोक्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले अनुगमनलाई सक्रिय पारेको जनाएको छ । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा अपिल गरेको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूले पूर्ण रूपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने र पालना नगरेको पाइए आवश्यक कारबाही गरिने चेतावनी दिए । ‘सञ्चारमाध्यमले आचारसंहिता पालना गरे नगरेको ’boutमा काउन्सिलले २४सै घण्टा अनुगमन गरिरहेको छ, उल्लंघन गर्ने जोसुकैमाथि कडा कारबाही गर्छाैं,’ अध्यक्ष बस्नेतले राजधानीसँग भने । उनले उम्मेदवारको व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने गरी कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीले दुष्प्रचार गर्न नहुनेमा सचेत गराए ।

उम्मेदवारको व्यक्तिगत प्रतिष्ठामाथि आँच आउनेगरी कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीले दुष्प्रचार गर्न नहुनेमा सचेत पारेका छौं । सञ्चारमाध्यमले आचारसंहिता पालना गरेनगरेको ’boutमा काउन्सिलले २४सै घण्टा अनुगमन गरिरहेको छ, उल्लंघन गर्ने जोसुकै माथि कडा कारबाही गर्छौं ।
बालकृष्ण बस्नेत, अध्यक्ष, प्रेस काउन्सिल नेपाल
पछिल्ला दिनमा केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउनेगरी फेक समाचार प्रकाशित गरिरहेका छन् । निर्वाचन आचारसंहिताअनुसार सञ्चारमाध्यमले राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न हुँदैन । तर, केही सञ्चारमाध्यमले आचारसंहिताको यो प्रावधानलाई कुल्चन थालेको भन्दै त्यसविरुद्ध काउन्सिलमा उजुरी पर्ने क्रम बढेको छ ।
‘पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवार’bout आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटना बढिरहेका छन् यस्तो कार्य आचारसंहिताविपरीत छ’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले शुक्रबार अपिल जारी गर्दै भनेका छन् ।
कुनै राजनीतिक दलका नेताहरूले अर्काे राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिई सञ्चारमाध्यमबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएकाले त्यस्तो कार्य रोक्नसमेत बोहोराले अपिलमार्फत ध्यानाकर्षण गराएका छन् ।
भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने १६ सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरिएको, चारवटालाई निर्देशन दिइएको, दुईवटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुनेगरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ ।
काउन्सिलले गरेको विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चारमाध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने, चरित्र हत्या हुनेगरी अतिरञ्जित एवं दुरासययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले केही दिनअघि चुनावका बेला गलत समाचार उत्पदान गर्ने कारखानै चल्न सक्ने खतरा औंल्याउँदै त्यस्ता भ्रमपूर्ण सामग्रीबाट बच्न र समाचारको स्वतन्त्र पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सार्वजनिक अपिल गरेका थिए ।






