ललितपुर महानगरपालिकाको वडा १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडा अध्यक्षमा विजयी भएका छन् । उनले ६६१ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धुर्वलाल तन्डुकारले ४०५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका उम्मेदवार दिनेश तन्डुकारले भने ३५१ मत प्राप्त गरे । निर्मल तन्डुकार यस अघि नेपाली कांग्रेसबाट वडा १ को वडाअध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । नेपाली कांग्रेसको वडा कमिटीले उनको एकल नाम सिफारिस गरेको भए पनि पार्टीले टिकट नदिएपछि उनी वागी उठेका थिए ।
ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन ८७७ मतका साथ अग्रता कायम गरेका छन् । नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको ४०२ मत छ । उपप्रमुखमा एमालेकी मञ्जली शाक्य महर्जन ४४४ मतका साथ अगाडि छिन् भने माओवादी केन्द्रका बाबुराज महर्जन २६७ मतका साथ दोस्रो स्थानमा छन् ।
ललितपुर महानगर–१ मा स्वतन्त्र उम्मेदवार विजयी
- राजधानी समाचारदाता
- जेष्ठ १, २०७९
- १०:५३ बिहान
Ads Space Available
यो महिनको ट्रेन्डिङ समाचार
अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी
आजको १० समाचार
- धनगढीले गर्ने भयो, उत्कृष्ट सामुदायिक विद्यालयलाई…
- इलाम उपनिर्वाचन अपडेटः सुहाङको अग्रता कायमै
- इलाममा एमाले उम्मेदवार सुहाङ झन्डै दोब्बर मतान्तरले अघि
- फुट्यो वैद्यको पार्टी
- साउदीमा महिलामाथि दुव्र्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
- अझै पनि शिक्षक दोषी !
- प्रदर्शनकारी युवतीको यौन दुर्व्यवहारपछि हत्या !
- इलाममा एमालेका सुहाङ ३ हजार बढी मतान्तरले अघि,…
- नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी
- अध्यक्ष ओलीको अँगालोमा सुहाङ !