धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा राजकुमार साहले २ हजार २ सय ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै रामबती देवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी रंजितादेवी मण्डलले १ हजार ९०१ मत ल्याएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान