पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउँदै १८ सय पु¥याएका छन् ।

बुधबार बिहानसम्म ३४ हजार ६ सय १३ मतगणनामा आचार्यले १४ हजार ३ सय ६२ र नेकपा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत प्राप्त गरेका छन् । दुवै बीचको अन्तर १ हजार ८ सय ४५ पुगेको छ ।

गएरातिसम्म दुबैबीच १५ सय हाराहारीको अन्तर थियो । राप्रपाका शंकर खरालले १ हजार ४ सय ८३, स्वतन्त्रका गनेस पौडेलको ८ सय १५ छ ।

उपमेयरमा भने प्रतिस्पर्धा कडा छ । सत्ता गठबन्धनबाटै नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १४ हजार ६ सय ८५ र एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २ सय ७५ मतसहित पछ्याएकी छन् । दुबै बीचको अन्तरि ४ सय १० मात्र छ । राप्रपाकी रञ्जना सेनको १२ सय ६३ छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबारको मतदानमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदातामध्ये १ लाख ४३ हजार मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन