कर्णालीमा राष्ट्रियस्तरको चलचित्र कार्यशाला

काठमाडौं । कर्णाली प्रदेशलाई राष्ट्रिय चलचित्र उद्योगसँग जोड्नका लागि त्यहाँ राष्ट्रिय चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजनामा आगामी १० असारदेखि १७ असारसम्म सुर्खेतमा ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला २०७९’ आयोजना हुन लागेको हो । वीरेन्द्र नगरमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले सो जानकारी गराएको छ ।

त्यहाँ चलचित्र कार्यशाला आयोजना गर्नुको कारण’bout आयोजक संस्थाका अध्यक्ष एवं चलचित्र अभिनेता निर्माता भुपेन्द्रकुमार खड्काले भने, ‘कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन र दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो । यो कार्यशालाले दक्ष चलचित्रकर्मी जन्माउने हामीले विश्वास लिएका छौं ।’

चलचित्र सुटिरूका लागि कर्णालीमा ठूलो सम्भावना रहेको आयोजक संस्थाका अध्यक्ष खड्काले पत्रकार भेटघाटका क्रममा बताएका छन्, ‘कर्णालीमा धेरै सम्भावना भए पनि कर्णालीलाई जोडेर, यहाँको कथालाई चलचित्रमा ल्याउन सकिएको छैन । कर्णालीलाई चलचित्रमा जोड्न र नेपालसहित विश्वबजारमा पु¥याउने यात्रा निर्माणका लागि यसपटक कर्णाली रोजेका हौं ।’

एक सातासम्म सञ्चाल नहुने यो कार्यशालामा कर्णालीका १० वटा जिल्लाका विद्यार्थीलाई सहभागी गराइने भएको छ । ती जिल्लाबाट कम्तीमा दुई÷दुई जना सहभागी गराइने पनि खड्काले बताएका छन् । यो कार्यशालामा सहभागी हुनेहरूका लागि दुई हजार ५ सय रुपैयाँ सहभागिता शुल्क राखिएको पनि उनले जानकारी गराएका छन् ।

पत्रकार भेटघाटका क्रममा बोल्दै गीतकार तथा संगीतकार हरि विष्टले चलचित्र क्षेत्रमा कर्णालीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यशालाबाट उत्पादन भएका एक जनालाई रोजगारको समेत ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय स्तरका दक्ष चलचित्रकर्मीले कार्यशालामा कक्षा लिनेछन् । एक सातामा चलचित्रको प्रि–प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्र अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनयलगायत विधामा प्रशिक्षण दिइने भएको छ । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं चलचित्र निर्देशक दयाराम दाहाल, अग्रज अभिनेता निर्देशक नीर शाहलगायतका सिनेर्मीले कार्यशालामा प्रशिक्षण दिने पनि खड्काले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना