सप्तरी । सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न अह्वान गर्दै विभिन्न कार्य योजना सरकारले सार्वजनिक गरेका छन् । तर यहाँको एक मात्र सरकारी गजेन्द्र नारायण सिंह अस्पतालको तयारी हेर्दा सरकारको कार्य योजना भाषण र कागजमै सिमित देखिएको छ ।
संघीय सरकारको मातहतमा रहेको यस अस्पतालमा स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागि सुरक्षाका कुनै सामग्री बढाइएको छैन । आजको मिति सम्म हामीलाई मन्त्रालयबाट कोरोना भाइरस जोखिमबाट जोगाउन न त कुनै उपकरण र सामग्री पठाइएको छ । न त कुनै परिपत्र नै, मंगलबार अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. दिलिप साहले भने, ‘फेसबुकको माध्यमले मात्र सरकारले विभिन्न कार्य योजना बनाएको सुन्ने गरेको छु ।’
मन्त्रालयबाट कुनै निर्देशन, पत्राचार तथा सुरक्षाका कुनै सामग्री प्राप्त नभएपनि उपलब्ध साधन श्रोतले ४ शैयाको आइसोलेसन कक्ष तथा केही सचेतना मुलक प्रचार प्रसार सामग्री तयार गरी अस्पताल हातामा झुण्डाइएको उनको भनाई छ । उनले हालसम्म स्वास्थ्यकर्मीको सुरक्षाका लागि समेत सरकारबाट कुनै सामग्री प्राप्त नहुँदा कोरोना भाईरस संक्रमित व्यक्ति फेला परि हाले स्वास्थयकर्मी पनि जोखिममा पर्ने अवस्था रहेको गुनासो सुनाए ।
मे.सु. डा. साहले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि खुट्टादेखि टाउँकोसम्म छोपिने खालको सुरक्षा सामग्री, बिषेस खालको मास्क तथा अन्य उपकरण आवश्यक पर्ने भएपनि ति मध्ये कुनै पनि सामग्री अस्पतालमा नरहेको लाचारी व्यक्त गरे । स्वास्थ्यकर्मी नै सुरक्षित नभएपछि संक्रमित व्यक्तिको उपचार कसरी गर्ने ? उनको भनाई छ ।
आवश्यक जनशक्ति र उपकरणको अभावमा हाल यस अस्पतालमा भिडियो एक्सरे सेवा बन्द रहेको छ भने सिटि स्क्यान र आईसियु सेवा समेत नहुँदा कुनै संक्रमित व्यक्ति आई हाले धरान र टेकु पठाउनुको विकल्प नभएको उनको भनाई छ ।
यसैबिच मंगलबारै नेपाली काँग्रेस समर्थित युवाहरुको एक समुहले सो अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट जोग्न र जोगाउन गरिएको तयारी ’bout जानकारी लिएका छन् । काँग्रेस महासमिति सदस्य मो. ईर्साद अंसारी, नेविसंघका क्षेत्रिय सभापति प्रवेज आलम, बुथ सभापति श्यामशर्मा, ईश्वर प्रसाद साह, श्याम खडगीलगायतका काँग्रेसी नेता तथा कार्यकर्ताहरु सम्मिलित टोलीले तयारी’bout निरिक्षण गर्नुका साथै आवश्यक जानकारी लिएका छन् ।

अस्पताल पुगेर फर्केपछि टोलीको नेतृत्व गरेका काँग्रेस महासमिति सदस्य अंसारीले कोरोना सुरक्षाको ’boutमा सरकारबाट निकै प्रचारवाजी गरिएपनि अस्पतालको अवस्था हेर्दा सो अनुसारको कुनै व्यवस्था नरहेको पाइएको सुनाए । उनले अब केन्द्र सरकारको मात्र भर नपरी जिल्लाका १८ वटै स्थानिय तह समेतले यसको ’boutमा चासो देखाउनु पर्ने आवश्यक रहेको बताए ।
कोरोना संक्रमितको उपचारका लागि प्राथमिक शर्त नै स्वास्थ्यकर्मीको सुरक्षा हो तर यहाँ आवश्यक सुरक्षा सामग्रीको अभावमा स्वास्थयकर्मी नै त्रसित भएपछि संक्रमित व्यक्तिको अवस्था के होला ? प्रश्न गम्भीर छ । तसर्थ यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।







