जिल्ला प्रहरी कार्यालय भित्र प्रवेश गर्दा डिटोल पानीले हात धुने ब्यवस्था

सिरहा । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरीले कार्यालय सिरहाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा डिटोल पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पुग्ने जो कोहीले डिटोल पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् । कार्यालयको गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजर तथा डिटोल पानीले हात सफा गर्न आग्रह गर्छन् ।

त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् । व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए ।

चतुर्बेदीले जिल्ला भरीमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा डिटोल पानीले र साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ ।

एसपी चतुर्बेदीले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन जिल्ला बासीमा आग्रह समेत गरेको छ । त्यसैगरि ( जिल्ला प्रहरी कार्यालय सिरहा आफैंले मास्कको उत्पादन गरेको र आफ्ना कर्मचारीहरुलाई वितरण गरिएको एसपी चतुर्वेदीको भनाइ छ। प्रहरी, थुनुवा, कैदीहरुलाई आफूहरुले उत्पादन गरेका मास्क वितरण गर्ने र पछि स्थानीय नागरिकलाई समेत मास्क वितरण गर्ने योजना रहेको चतुर्वेदीले बताए।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्व सतर्कतास्वरुप जिल्ला प्रहरी कार्यालयले मास्क बनाउन थालेको हो। कोरोना संक्रमणको पूर्व सतर्कताका लागि फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीहरु पनि खटिएका छन्। सामूहिक रुपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन् नै।

अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था पनि आउँछ। जसकारण सुरक्षाकर्मीहरु आफैं उच्च जोखिममा हुने नै भए। त्यसैको पूर्वसावधानीस्वरुप सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाजस्तै हरेक प्रहरी इकाइले आफ्नो तयारी तीव्र बनाइरहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग