काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँ’bout चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयन’bout ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए ।
“नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” उनले भने ।
सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने धारणा राखेका मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे ।
मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिए । उनले मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताका साथ काम गनुपर्ने उल्लेख गरे ।
मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुले ३ दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयन’bout छलफल गर्ने कायक्रम रहेको जनाइएको छ ।







