कोरोना भाईरसबाट बच्न स्थानीयवासीलाई माक्स वितरण

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा कोरोना भाईरस (कोभिड–१९) को ’boutमा सचेतना कार्यक्रमका साथै तीन सय जना स्थानीयवासीलाई माक्स  बितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएकोले उधोग बाणिज्य संघ हरिवनको आयोजना र सनराईज बोडिङ्ग स्कुलको सहकार्यमा सचेतना तथा स्थानीयलाई माक्स बितरण कार्यक्रम गरिएको हो ।

संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना भाईरस रोग के हो रोग सर्ने र रोगथामका उपायका ’boutमा लेखिएको पम्प्लेट पर्चाका साथै एक ब्यक्ती एक माक्सको दरले बितरण गरिएको संघका माहसचिब रामचन्द्र गौतमले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले हामीले रोगबाट बच्न अब सबै नागरिक सचेत र चनाखो हुन जरुरी रहेको बताउँदै सरसफाईमा समेत जोड दिदै रोगबाट बच्ने उपाय सबै भन्दा भरपर्दो माध्यम भिडभाडमा नबस्ने ,बस्नै परे माक्सको प्रयोग गर्न हात नमिलाउन र नमस्कार नेपाली सँस्कृतिलाई जोड दिनु पर्ने बताएका छन ।

रोग भगाउँनको लागि आतिएर भन्दा पनि आत्मबललाई बलियो बनाउँन र सबैले आ आफ्नो घर बाटै सचेतना जगाउन सक्नु पर्नेमा जोड दिएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपप्रमुख रेनुका कुमारी पौडेल, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की ,ससस्त्र बेशक्याम्प हरिवनका प्रहरी नायब उपरीक्षक सुशील प्रसाद पराजुली, सनराईज बोडिङ्ग स्कुलका संस्थापक ज्ञान प्रसाद पोख्रेल ,नेकपाका सुशील प्रसाद पराजुली, नेता सुरेन्द्र लामा र व्यापारी चुडामणी वाग्ले लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग