कबड्डी शृंखला रोकेर फुलबारीतर्फ टिम

काठमाडौं । यो वर्षको सर्वाधिक व्यापार गरेको चलचित्र कबड्डीको अर्को सृँखला निर्माण केही ढिला हुने भएको छ । यो चलचित्रको निर्माता निर्देशक रामबाबु गुरुङ यतिबेला बाहिरी ब्यानरको नयाँ चलचित्र ‘फुलबारी’को निर्देशनमा जुटेका छन् । उनी नयाँ फिल्मको निर्देशनमा जुटेपछि कबड्डीको अर्को सृँखला बमकाजीको निर्माण केही समय पछि सर्ने भएको छ ।

रामबाबुले निर्देशन गर्ने नयाँ चलचित्र फुलबारीको बुधबार काठमाडौंमा एक समारोह निर्माणको घोषणा गरियो । ब्यबसायिक ग्रुप यसोदा कम्पनीको यसोदा फिल्म्सले यो चलचित्रको निर्माण गर्दैैछ ।

भदौबाट छायाँकन सुरु हुने यो चलचित्रको मुख्य भूमिकामा बिपिन कार्की, दयाहाङ राई, प्रियँका कार्की, अरुणा कार्की, सृजना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, लोकेन्द्र लेखक, मनिष ढकाल, साक्षकी सिंह भण्डारी, रोजा राउत, रुपेश दाहाललगायत रहेका छन् ।

आफ्नो बिगतका फिल्म जस्तै फुलबारी पनि हास्यप्रधान जनराको चलचित्र हुने पनि निर्देशक गुरुङले घोषणा समारोहमा बताएका छन् । चलचित्रको कथा निकै राम्रो लागेका कारण आफुले यो चलचित्रको निर्देशनको जिम्मा लिएको बताए ।

अभिनेता विपिन कार्कीले रामबाबु राम्रो सिनेमा बनाउने निर्देशक भएकाले उनीसँग आफु पहिलो पटक यो फिल्ममा आबद्ध भएको बताए । अर्का अभिनेता दयाहाङ राईले उधोगी समुह यसोदा ग्रुप निर्माण उत्रिएको र निर्देशन सहितको टिम राम्रो भएकाले यो फिल्ममा काम गरेको बताए ।

कार्यक्रममा बोल्दै अभिनेत्री प्रियँका कार्कीले करिब तीन महिनाको मेहनतपछि आफु ३० केजी घटाएर यो फिल्मको चरित्रमा फिट भएको बताईन् । अब चलचित्र अभिनयलाई निरन्तता दिने पनि उनले बताईन् ।

फिल्मको निर्माता कमल किशोर मालपानी हुन् । फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन् । निर्माता कथाकार कमल किशोर मुलपानीले अब आफुहरुले चलचित्र निर्माणलाई निरन्तता दिने बताए । आफुले लेखेको कथालाई फिल्मी टिमले रुचाएर फिल्ममा ल्याउन लागेकोमा उनले खुसी व्यक्त गरे । फिल्मको लगानी ५ करोड रहेको पनि उनले कार्यक्रममा जानकारी गराए । आफ्नो फिल्म नेपाली संस्कृतिमा केन्द्रित हुने पनि उनले जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने