काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरुको जस्तो सबैको जीवन ‘चिटिक्क’ नहुने भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन चिटिक्कै परेको नहुने बताएका हुन् ।
माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको सन्दर्भ निकाल्दै उनले सरकारले आफू जस्तै अरुलाई चिटिक्क सम्झन नहुने बताए । उनले माइतीघरमा आन्दोलनरत दृष्टिविहीन नागरिकको समस्या र सरकारका मन्त्रीहरुको जीवन शैलीलाई संकेत गर्दै घुमाउरो कटाक्ष गरेका हुन् ।
उनले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने बताए । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०–१५ जनालाई रोजगारी दिने काम थालनी गर्नुपर्ने बताए ।
सांसद राईले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्छ भनेर आफूहरुले माग राखिरहेकाले सभामुखले रुलिङ गर्नुपर्ने समेत बताएका छन् । सांसद राईले लोकतन्त्रमा सबैले नियम कानुन मान्नु पर्ने बताउँदै एकथरीले नमाने, अर्को पक्षले पनि मान्दिनँ भन्ने मनसाय बनाउने बताए । त्यो अवस्थालाई लोकतन्त्र नभनि अराजकतन्त्र भनिने बताउँदै संसद पनि विस्तारै विस्तारै सोही बाटोमा हिंडिरहेको बताए ।
सम्बन्धित समाचार
धनगढीमा खानेपानी संकट, स्याउलेमा दमकल र ट्यांकरबाट पानी वितरण
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?
हामी मरेका छैनौं, धुलो टक्टक्याएर फेरि उठ्छौं :अध्यक्ष ओली
बाम दलः मनमा एकता, तनमा दम्भ
ओली, लेखक रिहा भए, पौडेल प्रहरी हिरासतमै, देउवा दम्पती विदेशमा
बागलुङमा कुकुरलाई ‘होस्टेल’






