जुम्लामा छाँयाकन भएकाे चलचित्र ´प्रकाश’ले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठायाे

जुम्ला । जुम्लाकाे तीर्खु गाउँमा छायांकन गरिएकाे चलचित्र ´प्रकाश’ले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठाउन सफल भएकाे छ।

अभिनेता प्रदिप खड्का अभिनित नेपाली कथानक चलचित्र ‘प्रकाश’ भदाै १० गतेबाट प्रदर्शनमा आउदैछ। चलचित्र ´प्रकाश` काे वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।

कर्णाली चिनाउन चलचित्रले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने निर्माण पक्षकाे दावि छ। आज जुम्लामा पत्रकार सम्मेलनमा प्रकाश चलचित्रले प्रदर्शन अघि नै ७५ प्रतिशत लगानी उठाइसकेकाे निर्देशक राउतले जानकारी दिएका छन्। चलचित्रमा एउटा युवाले शिक्षक बन्नका लागि गरेकाे संघर्षलाई पर्दामा उतारिएको छ। चलचित्रले वर्गीय विभेदलाई पनि देखाउन खाेजेकाे छ। ऐतिहासिक र साँस्कृतिक रुपमा कहलिएकाे जुम्लामा पुगेर चलचित्रमा अभिनय गर्न पाउनु सुनाैलाे अवशरका रुपमा लिएकाे अभिनेता प्रदिप खड्काकाे प्रतिक्रिया छ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार