‘सुसाइट नोट’ लेखेर दक्षिण कोरियाली नायिकाले गरिन आत्महत्या

एजेन्सी । दक्षिण कोरियाकी नायिका यु जो युनले आत्महत्या गरेकी छिन् । २७ वर्षिय यी नायिकाले आत्महत्या गरेको उनको परिवारका सदस्यले पुष्टि गरेका छन् ।

केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा आएकी यी नायिकाले सुसाइट नोट लेख्दै हजुरआमा, ठुल्दाई र अन्य अभिभावकसंग माफी मागेकी छिन् ।

उनले लेखेकी छिन् ‘यसरी मर्नुपर्दा म आफैंलाई दुःख लागेको छ । बुबा, हजुरआमा र ठूल्दाईलाई मेरो मृत्युले बढी दुःखी बनाउछ ।’ उनले लेखेकी छिन् ‘मेरो अभावमा परिवारका सदस्यको जीवनमा खालीपन महसुस् हुनसक्छ । तर, नरुनु कत्ति उदास नहुनु । उनले यो पनि लेखेकी छिन् ‘मेरो अन्तिम संस्कारमा धेरै भन्दा धेरै मान्छे उपस्थित होउन्, ताकि म अन्तिम पटक उनीहरुलाई भेटेर विदा हुँदैछु ।’

तपाइको प्रतिक्रिया
(Visited 1,741 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी