काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौ–१ को प्रदेश सभा (ख) बाट सुनिता काफ्ले गौडेलको नाम सिफारिस गरेको छ । काठमाडौं कि युवा नेतृ गौडेलको नाम प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । उनी महिलाबाट एक मात्र उम्मेदवार हुन् ।
उनी सानै उमेरदेखि बीपी कोइराला र गणेशमान सिंहको राजनीतिक विचारबाट प्रभावित थिइन । विद्यार्थी जीवनबाटै उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन । पछि चितवनको बालकुमारी कलेजको कोषाध्यक्ष हुँदै आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाएकी हुन् ।
हाल काठमाडौलाई राजनीतिक क्षेत्र बनाउँदै, विभिन्न संघ संस्था, महिला समाज, प्रजातान्त्रिक महासंघको महिला विभाग संयोजक, धौलागिरी समाज महिला विभाग, जागरुक महिला समुह काठमाडौ ३१ को संचालक भइ समाजसेवामा निरन्तर संलग्न भएकी छन् । उनी एक कुशल, सालिन, भद्र व्यक्तित्वमा पर्छिन् ।
हाल उनी बागमती प्रदेश कार्य समिति सदस्य पनि हुन् । उनी आफ्नो क्षेत्रमा निकै सम्मानित छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समितिको सहकारी विभागको विज्ञको रुपमा जिम्मेवार निर्वाह पनि गरिसकेकी छन् ।






