पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियाे


हेटौंडा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले हेटौडा उप–महानगरपालिका वडा नम्बर ७ स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनाको शव फेला पारेको छ । सो गणबाट सशस्त्र प्रहरी निरीक्षक जयबहादुर दथेपुथेको नेतृत्वमा खटिएको विपद् उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले शुक्रबार पौडी खेल्ने क्रममा बेपत्ता भएका ती बालकको दुई घण्टाको निरन्तर प्रयासपछि शव फेला पारेको हो ।

सशस्त्रको विपद उद्धार टोलीले ती तीन बालक पौडी खेल्ने क्रममा बेपत्ता भएको स्थानबाट करिब सय मिटर टाढा र पानीको सतहबाट करिब २५ फिटको गहिराईबाट उनीहरुको शव निकालेको हो । पौडी खेल्ने क्रममा हेटौंडा उप–महानगरपालिका वडा नं.८ बस्ने १३ वर्षीय सञ्जीव मोक्तान, हेटौडा उप–महानगरपालिका वडा नं.१५ बस्ने १७ वर्षीय साहिल लामा र सोही ठाउँ बस्ने १२ वर्षीय कर्साङ्ग जिम्बा बेपत्ता भएका थिए ।

सशस्त्रको उद्धार टोलीलाई नेपाली सेना र नेपाल प्रहरीले पनि उद्धारमा साथ दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ