चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो । उनी विरगञ्जमा डिठ्ठा रहेका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन् ।
नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएकी उनले दार्जलिङ्गबाट शिक्षक वोलाएर पठन पाठन सुरु गराएकी थिइन्। अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ
भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च गरेकी थिइन् । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।
बिसं २०४८ सालमा गोरखावाट सांसद निर्वाचित भएकी श्रेष्ठले काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी थिइन् ।






