बम विस्फोटको जिम्मा विप्लवले लियो

बाजुरा(मार्तडी) । चैत्र ३ गते जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराएको जिम्मेवारी विप्लप समूहले लिएको छ । सरकारद्धारा प्रतिबन्ध गरेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूहले विज्ञप्ती टाँस गरेर बम विस्फोटको जिम्मेवारी लिएको हो ।


गाउँपालिकाको गेट नजिकै चैत्र ३ गते राती पौने २ बजे बम विस्फोट गराइएको थियो । बम विस्फोट गराएको तीन दिनपछि विप्लप समूहले गाउँपालिका अध्यक्षले गरेको मनोमानी र विकास निर्माणमा गरिएको एकलौटी व्यवहाराका विरुद्ध चेतावनी स्वरुप बम विस्फोट गराएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

  देखाएको को घटना विप्लव समुहले मंगलबार एक प्रेस विज्ञप्ती मार्फत गाउँपालिका भएको ठाउँमा बम विस्फोटन गरेको उल्लेख गरिएको छ । अध्यक्ष कालीबहादुर शाहीले जनताका हित विपरित कार्य गर्दै भ्रष्टाचार गर्ने गरेको,गाउँपालिकामा कर्मचारी नियुक्तीमा मनोमानी र स्थानीय जनताका गुनासोलाई बेवास्ता गर्दै उल्टै अध्यक्षले धम्क्याउने गरेको आरोप विज्ञप्तीमा लेखिएको छ ।

  अध्यक्षलाई पटक पटक सच्चिन आग्रह गर्दा व्यवास्ता र अटेर गरेपछि बाध्य भएर गेटमा बम विस्फोट गरेको विज्ञप्तीमा भनिएको छ । गएको मंगलबार जारी गरिएको विज्ञप्तीमा गाउँपालिकाका जनताका अधिकारलाई कुण्ठित गर्दै योजनाहरु ठेका मार्फत आफैले लिने गरेको र नभए आफन्तलाई दिएर घुस लिने गरेको आरोप लगाइएको छ ।
  यस्तै गाउँपालिका योजनाहरुबाट अध्यक्षले कमिसन मागेर पदको दुरुपयोग गरेको, अध्यक्ष शाहीको गाउँपालिका जिल्लाको सबै भन्दा बढी भ्रष्टाचारी रहेको विज्ञप्ती सहित बम विफोस्टको जिम्मेवारी लिएको विज्ञप्तीमा लेखिएको छ ।  

  तर प्रहरीले भने आफूलाई कुनै जानकारी नआएको बताएको छ । घटनाको थप अनुसन्धान भईरहेपनि विप्लप समूहले नै गरेको भन्ने कुनै प्रमाण फेला नपारिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाका प्रवक्ता डबल विकले पनि विज्ञप्ती बारे जानकारी नभएको बताएका छन् ।
  घटनाको बारेमा अनुसन्धानका लागि जिल्ला सदरमुका मार्तडीबाट दुइ दिनको बाटो भएकाले थप अनुसन्धान कार्यमा समस्या भएको प्रहरी स्रोतको दाबी छ । सो क्षेत्रमा विप्लव समुहले चन्दा संकलन गरेका थिए । 
तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

दुई दिनमै ४ छोरी गुमाएकी विष्णु