जुम्लाकाे प्रदेश सभा(ख) मा एमालेका टेकराज पछाई विजयी

जुम्ला । जुम्लाकाे प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका टेकराज पछाई विजयी भएका छन्। जुम्ला प्रदेश सभा (ख) मा प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया लाई प एमालेका युवा नेता टेकराज पछाईले १ हजार ९३ मतले पराजित गरेका हुन् ।

याे निर्वाचन क्षेत्रमा कुल २० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईले ७ हजार ८१५ भार प्राप्त गरेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी रोकायले ६ हजार ७२२ मत प्राप्त गरे । एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्ज समेत रहेका रोकायलाई गठबन्धन काे साथ हुँदा समेत पराजित भए ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु