संजय केसरी क्यानको अध्यक्षमा सर्वसम्मत

कलैया । बाराको कलैयामा कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) बारा जिल्लाको ५ औ बार्षिक सधारणसभा सभा एवम जिल्ला अधिवेशनबाट संजय केसरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

महासंघका अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा सम्पन्न सो अधिवेशनले केसरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा अरुणकुमार साह, सचिवमा बिनोदप्रसाद साह, सहसचिवमा सुरेश यादव, कोषाअध्यक्ष दिपक गुप्ता र सदस्यहरुमा लक्ष्मन चौधरी, ममता चौधरी सहितका सदस्यहरु निर्वाचित भएका छन् ।

कार्यक्रमको उदघाटन नेकपा एमालेकी नेतृ एवं बाराकी सांसद ज्वाला साहले गरेकी हुन् । अधिवेशनको उदघाटन गर्दै साहले अरु युगको अन्त्य भई प्रविधिको युगमा मुलुक अगाडी बढी रहेको बताईन् । मुलुकको बिकास र समृद्धिमा प्रविधिको माध्यम सुचना एवम संचारले महत्व भुमिका खेलि रहेको बताउदै मुलुकको हरेक काम अव कम्पयूटरको माध्यबाट गर्ने भएको हुदा समयको बचत हुनुको साथसाथै दस्तावेज पनि खोजेको समयमा तुरन्तै लिन सक्ने हिसावले कम्पयूटरले महत्वपुर्ण भुमिका खेलिरहेको बताईन ।

आइटीको जमानामा घरघरमा नेट, ईन्टरनेटको सुबिधा भएको कारणले घरमा नै बसी बसी संसारलाई हेर्ने सक्ने क्षमतापनि मान्छेहरुले राख्ने गरेका स्मरण गदै साहले सकारात्मक रुपमा यस प्रविधिलाई सदउपयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय कलैयाका प्रमुख सरोज चौधरी, क्यानका केन्द्रिय सचिज भुपालदास श्रेष्ठ लगायतको विशेष सहभागिता रहेको नवनिर्वाचित उपाध्यक्ष अरुणकुमार साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार