देवकुमार र मेलिनाको नयाँ गीत

काठमाडौं । गायक देवकुमार तामाङले गायिका मेलिना राईसँग मिलेर नयाँ गीत तिमी पहरा…दर्शकमाझ ल्याएका छन् ।  उनले यो गीतको भिडियो रिलिज गरेका छन् ।

देवकुमार पेसाले इन्जिनियर हुन् । यसअघि उलने न त आँखा थाक्छन् कहिल्यै…, अब पक्कै …, जहाँ जहा…, बिझे पनि..सहित एक दर्जन गीत बजारमा ल्याइसकेका छन् ।

उनको यो गीत तिमी पहरा…लाई गीतकार टेकबहादुर तामाङले लेखेका हुन् । गीतमा कन्काइस्ट राईकोे संगीत छ । यो गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादनमा तयार भएको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यस गीतमा प्रेममा समर्पण देखाइएको छ । प्रेमिकाले प्रेमीलाई तिमी पहरा भए म लहरा भई त्यसैमा लहराउन पाइरहूँ भनेका छन् । भिडियोमा प्रेम भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?