महाकाली नदीको धार बदल्दै भारतले फेरि थाल्यो तटबन्ध निर्माण

दार्चुला । दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको गरिरहेको विरोधमा शुक्रबार नेपाली नागरिकहरुले वारिबाट भारततर्फ ढुंगामुढा प्रहार गर्दा निर्माणमा संलग्न ४ वटा सवारीसाधनका सिसा फुटेका छन् ।

एकलौटी तरिकाले भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम फेरि अगाडि बढाएको छ । महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा नदी नेपालतर्फ फर्किने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयहरुले बताएका छन् ।

भारतीय पक्षले दादागिरी गर्दै नदी नेपालतर्पm फर्काउने गरी काम गरिरहेकोले प्रशासनलाई खबर गरेको उनीहरुले बताए । महाकाली बीचबाट बग्ने गरी भारतले काम गर्नु गर्नु पर्ने स्थानीयको तर्क छ ।

भारतले एकपक्षीय ढंगले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पछि विरोध भइरहेको छ । नेपालीको विरोध पछि भारतीय पक्षले काम रोकेको छ । तटबन्ध निर्माणको क्रममा दार्चुलामा पटक पटक तनाव हुने गरेको छ । यस अघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो ।

यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ । भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो ।

सो छलफलमा महाकाली नगरपालिका–४ रिङने ताल क्षेत्रमा महाकालीको धार नेपालतिर फर्काउने गरी बनाइएको संरचना १० दिन भित्र हटाउन भारतीय पक्ष सहमत भएको थियो । तर समय घर्केपनि भारतीय पक्षले संरचना हटाएको छैन् ।

विवादित क्षेत्रमा तत्काल काम अगाडि नबढाउने र दुवै देशका स्थानीय प्रशासनका अधिका रीबीच छलफल पश्चात् सो प्रक्रियामा जाने सहमती भएको थियो । तर भारतीय पक्षले फेरि महाकाली नेपालतिर फर्किने गरी बांगाबगर क्षेत्रमा तटबन्ध बनाइरहेको हो ।

भारतिय पक्षले तटबन्ध निर्माण गर्न महाकालीमा संरचना बनाएर पानी नेपालतिर धकेल्ने खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भारतीय पक्षले हटाउने भनेको संरचना पूर्ण रुपमा नहटाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन । ‘महाकाली नेपालतिर फर्किने गरि काम भएको भन्दै स्थानीय आक्रोशित छन, यो कामको विरोध गरेका छन्,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान