महिना दिन नपुग्दै कालोपत्रे सडकमा झार उम्रियो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडकमा महिना दिन नपुग्दै झार उम्रिएको छ । नगरको वडा नं ८ ढोँडेकोलमा गरिएको कालोपत्रे सडक माथि झार उम्रिएको हो ।

साहनी विल्डर्सले निर्माण गरेको सडकको अधिकांश भाग उप्किन सुरु भएको छ । विल्डर्सले अघिल्लो आर्थिक वर्षमा वडा न. ८ को बन्डौलि, गन्सहवा, चप्परगाँउ सडक कालोपत्रेको काम सुरु गरेको थियो । समयमा काम सम्पन्न नभए पछि नगरपालिकाले २०७९ असोज मसान्त सम्म म्याद थप गरेको थियो । म्याद थप भए पछि ठेकेदार पक्षले काम नगरेको स्थानीयहरु बताउँछन् ।

सब बेस र बेस राखेपछि निर्माण कम्पनीले काम ठप्प गर्दा झार पलाएको थियो । सामान्य गोडमेल गरी कालोपत्रे गर्दा २ साता मै दुबो पलाउन सुरु गरेको बताइएको छ । बिल्डर्सले समयमा काम नगर्दा बाणगंगा नगरपालिकाका अन्य सडक योजना प्रभावित भएको छ । बिल्डर्सले इ विडिङ्ग मार्फत वडा स्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो । म्याद थप गरे पछि पनि निर्माण कम्पनी सम्पर्कमा नआएको नगर प्रमुख चक्रपाणी अर्यालले बताए । निर्माण कम्पनीले गरेका बदमासी र सम्पन्न नगरेका कामको भुक्तानी नदिने अर्यालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान