भक्तपुर । जसपा नेपालको संघिय सांसद सहनाज रहमानको भक्तपुरमा लडेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित घ्याम्पेडाँडामा वनभोज कार्यक्रममा सरिक भएका रहमानको कुर्सीबाट लडेर मृत्यु भएको हो ।
घ्याम्पे डाँडामा ज सपा नेपाल गैर भौगोलिक विशेष प्रदेश समिति,बौद्धिक पेशाकर्मी समितिको आयोजनामा होलि मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा उपस्थित सांसद सहनाज बसीरहेको कुर्सीबाट लडेका थिए ।
कर्सीबाट लडेपछि अचेत भएका ६४ वर्षिया रहमानलाई भक्तपुरको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । करिव १२ बजेर २५ मिनेटमा लडेका रहमानको उपचारका क्रममा १ बजेर १५ मिनेटमा अस्पतालमा मृत्यु भएको हो ।
झापा जिल्ला घर भएका जसपा नेपालको संघिय समानुपातिक सांसद भद्रपुर नगरपालिका ६ फुलबारीका स्थायी बासिन्दा हुन् ।
पिकनिकमा ४६ जना सहभागी रहेको खुल्न आएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर जिल्लाका एसपी प्रजित केसीले जानकारी दिए ।






