थप पाँच अंकसहित आर्सनलको शीर्षस्थान कायमै

लन्डन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ। आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।

सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।

आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए। यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ । 

म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी
लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ । प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो  । पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औ मिनेटमा सिंधै रातो कार्ड पाए । भिएआर चेकिङ पछि रातो कार्ड दिएर क्यासिमिरोलाई मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमा नै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो ।

त्यसपछि पनि केही राम्रा मौका चुकाई गोल गर्न नसके पछि युनाईटेड तीन अङ्कबाट बञ्चित हुन पुग्यो ।  बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ