संरक्षण पर्खिरहेको चापागाउँको तध पुुखु

ललितपुर । आखैअघिल्तिरको पोखरी हेर्दै र त्यसैमा खेल्दै यो उमेरसम्म आइपुगेका ललितपुर चापागाउँका स्थानीय ज्येष्ठ नागरिक प्रत्येक दिनजस्तै एकाबिहानै ‘भन्सार पुखु’मा जमेका झारपात र प्लास्टिक सोहोर्न बिर्सदैनन् ।

गाउँठाउँकै सबैभन्दा ठूलो ऐतिहासिक पोखरीमा फोहर फालेको र झार जमेको देख्दा उनको मन कटक्क खान्छ । अनि, लौरोको सहाराले जतिसक्दो पोखरीको फोहर बाहिर निकाल्छन् । उनी दैनिकजसो पोखरी फन्को लगाउ“छन्, घरअगाडि नै पोखरी भएकाले उनका नजरमा ‘पुखु’को आकृति घरीघरी नाचिरहन्छ । ‘यो भनेको हाम्रो सम्पति र पहिचान हो,’ ती ज्येष्ठ नागरिक भन्छन्, ‘यही“ खेलेर बाल्यकाल र जवानी बित्यो, माया नलाग्ने भन्ने कुरै हुँदैन, लागिहाल्छ नि †’

चापागाउँ सिंगो भेगकै सौन्दर्य बनेको भन्सार पोखरी संरक्षण अभावमा ‘ङिच्च’ पर्न बाध्य छ । प्रसिद्ध शक्तिपीठ बज्रबाराही प्रवेश गर्ने क्रममा मुख्य सडकछेउमै अवस्थित पोखरी संरक्षण हेतु ‘भन्सार पोखरी संरक्षण समिति’समेत बन्यो । १५ चैत २०७८ मा सम्झौता गरिएपछि केही समय काम अघि बढे पनि अहिले ठप्प छ ।

१५ जेठ २०७९ मा संरक्षण कार्य सकिने भनिएको योजनाको कुल लागत ४१ लाख ४९ हजार ८ सय १७ रुपैयाँ ८२ पैसा छुट्याइएको थियो । तर, कार्य सम्पन्न हुन त परैको कुरा, ‘साइट’मा कार्यप्रगति समेत खासै देखिँदैन ।

ललितपुर गोदापरी नगरपालिका–११ चापागाउँस्थित भन्सार पोखरीले लिच्छविकालीन इतिहास बोकेको बताइन्छ । कुनै समय चापागाउँ बजारमा ‘भन्सार’ उठाउने कार्य गरिन्थ्यो । यही नामबाट ‘भन्सार पोखरी’ रहन गएको बुझिन्छ ।

नेपालमा भाषामा ‘तध पुखु’ भनिने पोखरीलाई भक्तपुरको सिद्वपोखरीको नमुनाका रूपमा पनि लिने गरिएको भेटिन्छ । सतहबाटै इँट्टाको पर्खाल लगाएर मल्लकालीन शैलीमा पोखरी निर्माण गरिएको छ ।

पोखरीबीचमा काठको माथि ढुंगाले बनेको कमलको फुल छ । भन्सार टोलबासी ठूलो भोजका समय थलथली पकाउन यही पोखरीको पानी प्रयोग गर्थे रे ! यहाँको पानीले थलथली पकाउँदा राम्रो हुने बूढापाका अहिले पनि सम्झने गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?