सेन्सरले काँडेतार रोक्दा निर्मातादेखि नेतासम्मको बिरोध

काठमाडौं । गत साता केन्द्रिय चलचित्र जाँच समितिबाट सेन्सर पास नभएको नेपाली चलचित्र ‘काँडेतार’का निर्माता अभिनेता नवल खड्काले आफु न्यायको लागि अदालत जाने बताएका छन् । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आफुलाई राज्यले यो फिल्म प्रदर्शनको लागि अनुमति नदिएकाले अदालत जान लागेको बताएका छन् ।

‘अदृष्य शक्तिले यो फिल्म निर्माण गर्न नदिन मलाई धेरै नै दुख दिएर हैरान बनायो । मैले भूमिगत रहेर फिल्मको छायाँकन सकेर राष्ट्रबादी फिल्म बनाउँदा पनि अहिले सरकारले प्रदर्शनको लागि सेन्सर गरिदिएन ।’ उनले भने,‘नेपाली भूमिलाई छिमेकी अतिक्रमणलाई रोक्न सिमानामा काँडेतार लगाउँछु भनेर मुद्धा उठाउँदा यसलाई सेन्सरमा रोक लगाउनुले सरकार राष्ट्रियताको पक्षमा छैन । र मलाई यो चलचित्र प्रदर्शन गर्न नदिन अहिले विभिन्न प्रकारका बाधा अबरोध तुल्याईएको छ ।’

अभिनेता खड्काले यस अघि आफुले बनाएको चलचित्र क्रान्ती, आवाज, दशगजा, भिमदत्तलाई पनि सेन्सरले दुख दिएर प्रदर्शनीमा निकै समस्या उब्जाएको बताए,‘यो सरकार केबल मायाँप्रेमको फिल्म बनाओस भन्ने चाहन्छ । देशभक्ति फिल्म बनाउँदा सरकारलाई नै टाउको दुख्नुकोकारण मैले अझै बुझन सकेको छैन ।’ उनले पत्रकार सम्मेलनमा भने ।

अहिले सेन्सर बोर्डले भने अनुसारको दृष्यहरु काट्ने हो भने सिनेमाले उठाउन खोजेको बिषय केही पनि बाँकी नरहने पनि खड्काले जिरिक गरे । अब आफु एकपटक फेरी यो फिल्म लिएर जेठ पहिलो साता सेन्सरमा जाने र त्यतिबेला पनि सेन्सर पास नभए कानूनी बाटोमा लाग्ने उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता भीम रावलले चलचित्र ‘काँडेतार’लाई सेन्सर बोर्डले निर्विकल्प सेन्सर पास गरेर प्रदर्शनीमा सहयोग पु-याउनु पर्ने बताए,‘राष्ट्रियताको पक्षमा निर्माण गरिएको यो चलचित्रको कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ भनेर उहाँहरुले जवाफ दिन सक्नु प¥यो ।’ हैन भने यो चलचित्रलाई अहिलेकै अबस्थामा सेन्सर पास गर्नु पर्ने माग उनले पत्रकार सम्मेलनमा राखे ।

मुलुकमा गणतन्त्र भएको कुरा प्रति सरकारको यस्तो कार्यले आफुहरुलाई शँकास्पद तुल्याएको बताउँदै यदि सरकारले काँडेतारको प्रदर्शनमा रोक लगाएको खण्डमा जनतामाझ लगेर प्रदर्शन गरिने आबाज पनि उनले सो कार्यक्रममा उठाए । राज्यले गर्नु पर्ने काम सिनेमामार्फत सुरु गरिएको यो कार्यलाई सरकारले समर्थन गर्नु पर्ने पनि उनको सुझाब थियो ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि आफुले चलचित्र ‘काँडेतार’ हेरेको र यो फिल्म राज्यको लागि कत्ति पनि अहितमा नरहेको जिकिर गरे, सिनेमामा आपत्ति लाग्ने प्रकारको कुनै दृष्य नभएको र राष्ट्रिय भावबाट यो चलचित्र उत्प्रेरित भएकाले यसलाई प्रदर्शनमा सघाउनु पर्ने भनाई शाहीले सो कार्यक्रममा राखे ।

मुलुकको सिनेमा विभिन्न स्थानमा दिन प्रतिदिन छिमेकी मुलुकहरुबाट मिचिँदिै गएको भनाई राख्दै प्राध्यापक सुरेन्द्र केसीले यो फिल्मले उठाएको सिमानामा काँडेतार अभियान सान्दर्भिक भएको बताए । देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा मौन बसेको सरकार किन यो फिल्मलाई हतोत्साहित गरेको छ भन्नेकुरा जनतालाई राम्ररी थाहा भएको उनले जिकिर गरे । मुलुकमा यस्ता सिनेमाहरु अझ धेरै बन्नु पर्ने र सरकारले यस्ता सिनेमालाई महत्वका साथ सघाउनु पर्ने पनि केसीले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ