काठमाडौं । यस अघि आफ्नो विवाहको ’boutमा खुल्न नचाहेका गायक राजेश पायल राईले छोरालाई समर्पण गर्दै आफ्नो एउटा नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो छोरा सायारेमको जन्मदिनको अवसर पारेर उनले मँगलबार जन्म दिनसम्बन्धि नयाँ ‘ह्याप्पी बर्थ–डे’ गीत सार्वजनिक गरेका हुन् ।
यो गीतलाई उनी आफैंले गाएका छन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्दरचना अग्नि साम्पाङ राईले गरेका हुन् । गीत छोरा प्रति समर्पण गरेको राजेशले बताएका छन् ।
गत वर्ष छोरा जन्मदासमेत उनले आफ्नो विवाहको समाचार स्विकारेका थिएनन् । उनले विवाहको प्रसँग गुपचुप राखेका थिए । त्यो ’bout विभिन्न मिडियामा समाचार आएपनि उनले विवाहको ’bout खासै प्रतिक्रिया दिएका थिएनन् ।
यतिबेला छोरालाई समर्पित गर्दै जन्म दिन सम्बन्धि नयाँ गीत सार्वजनिक गरेर राजेश पायलले आफ्नो विवाह र सन्तानलाई औपचारिक रुपमा स्वीकारेका छन् ।






